रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौं एमाले

जेठ २३- काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको ४० औँ प्रधानमन्त्री भएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले बधाइ दिँदै रचनात्मक सहयोग गर्ने बताएको छ । एमालेले प्रधानमन्त्रीको विपक्षमा मतदान गरेको थियो । देउवा प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै शुभकामना दिँदै एमाले बरिष्ठ नेता झलनाथ खनालले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिक्रिया व्यक्त गरे । त्यस्तै उपाध्यक्ष भीम रावलले संविधानको कार्यान्वयन, संविधान संशोधनको प्रस्तावका बारेमा सरकार भूमिका आदि हेरेर समर्थन र विरोध गर्ने बताए । संसद् भवनमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने नवनिर्वाचित प्रधानमन्त्री देउवाले संविधान संशोधन प्रक्रिया अघि बढाउन्न भन्नु भएको थियो । तर आज उहाँहरूको बोली फेरिएको पाएका छौँ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु