शाहीको नेतृत्वमा नयाँ कार्यसमिति

असनेपाल न्युज,काठमाडौं – २०१६ का अध्यक्ष शुदेश पौडेलको अध्यक्षतामा भएको धापासी जेसिसको ११ औ  अधिवेशनले तेजबहादुर शाहीलाई अध्यक्षको रुपमा चयन गरी उहाँलाई नयाँ कार्यसमिति सुम्पेको छ ।

नेपाल जेसिसको बिधान तथा कार्यक्षेत्र भित्र रहेर काम गर्नका लागि शाहीको नेतृत्वमा २०१७ का लागि नयाँ कार्यसमिति चयन गरीएको हो । कार्यसमितिको का. उपाध्यक्षमा सुशील बुढाथोकी र रमेश नेपाल चयन भएका छन् भने उपाध्यक्षहरुमा जीडी पाण्डे, पुजा भण्डारी, पारस श्रेष्ठ, एस्थर कार्की चयन भएका छन् । त्यस्तै दिपक दुवाडी र खेमराज अधिकार महासचिवमा चयन भएका छन भने कानुनी सल्लाहकारमा रुपमा हमकल्पित न्यौपाने चयन हुनुभएको छ ।

आजभन्दा १०१ वर्ष अगाडी ९सन् १९१५० मा अमेरीकाबाट सुरु भएको जेसिस अभियान अहिले विश्वका १२० भन्दा बढी देशका युवाहरु समाहित भएका छन् । नेपालमा सन् १९६४ मा स्थापना भएको संगठनको हाल देशभर १३८ शाखाहरु रहेका छन् । “एक पद, एक व्यक्ति, एक कार्यकाल, एकवर्षको आफ्नो वैधानीक प्रावधानलाई स्वच्छ प्रजातान्त्रिक अभ्यासका रुपमा अवलम्बन गर्दै हरेक वर्ष सफल नेतृत्व हस्तान्तरण गर्ने क्रममा धापासी जेसिसले २०१७ का लागि तेजबहादुर शाहीलाई अध्यक्षको रुपमा चयन हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु