विल्गेट्स र मार्क जुकरर्वर्गको तस्विर सजिएको हारमा आफु पनि सजिने अभियानमा एक नेपाली

असनेपालन्युज सिड्नी ।ईस्वर वराल ,आफ्ना प्रयोगकर्ताहरूलाई लाभांस बांड्ने सामाजिक वाणिज्य संस्न्था ” सगुन” ले आफ्ना साझेदार लगानिकर्ताहरूलाई अस्ट्रेलियामा स्वागत गरेको छ । सिड्नीको रकडेल स्थित इन्द्रेणी प्रदर्शिन केन्द्रमा एक कार्यक्रमका विच सगुन समुहले आफ्ना उद्देश्य
तथा नीति कार्यक्र्म प्र्स्तुत गर्‍यो । सगुनका संन्स्थापक अध्यक्ष गोविन्द गिरि , को सह-संस्थापक कविन सिटौला , विश्व संयोजक परषु तिमिल्सिना  ले विशेष कार्यपत्रहरू प्रस्तुत गर्दै  सगुन फेस बुक र गुगल जस्ता समाजीक संस्था भन्दा निकै उचाईमा पुग्ने र नेपाल र नेपाली अनि आफ्ना प्रयोगकर्तालाई समेत धनी बनाउने संस्था भएकोले यसमा जोडीन सबैलाई आग्रह गर्नु भयो । “मार्क जुकर वर्ग, स्टिभ जब्स् र विल्गेट्सको फोटो टासिंएको हारमा मेरो फोटो टांस्ने मेरो संकल्प छ एउटा नेपालीको यस्तो संकल्पमा तपाईंको साथका लागि आग्रह गर्दछु – “संस्थापक गिरिले संवेदनशिल बन्दै सबैमा आग्रह गरेका थिए ।
सो सन्ध्या उत्प्रेरक वक्त्ता आचार्य राजन शर्माको कलात्मक प्रस्तुतीबाट शुरु भएर गैरआवसिय नेपाली संघ अस्ट्रेलिया (एन आर एन )का अध्यक्ष सुरेन्द्र सिग्देल को जोददार धन्यवादका आवाज सम्म तन्किएको थियो । खेम राज पङ्गेनि को स्वागत शब्द र एन एस् डब्लुका महावाणिज्य दुत दीपक खड्का को शुभकामना सन्देशमा जमेको सो कायक्रममा सिड्नीका अधिकांश सामुदायीक अगुवा तथा सगुनका सझेदारहरूको उपस्थिति रहेको थियो । असनेपालन्युज सँगको कुराकानीका क्रममा सगुन का संन्स्थापक गिरिले भन्नुभयो : “आउनुहोस् एक पटक सगूनमा लगानी गरौँ । स्टार्ट अप कम्पनीमा लगानी गर्न विरलै पाइने यो अवसरको सदुपयोग गरौँ, आफैंले आफैलाई सहयोग गरौँ र समूहिक रुपमा भविष्यको लागि एउटा मजबूत जग बसालौँ । हामी साना लगानीकर्ताले निर्माण गर्ने गुरुत्वाकर्षणले ठूला लगानी कर्तालाई सजिलै तान्छ । हाम्रो महत्वपूर्ण पुंजी नै लगानी कर्ताको संख्या हो ।”
उनका अनुसार गत फेब्रुअरी ९ देखि मार्च ३० सम्म सगूनमा जम्मा पचास दिनको पहिलो चरणको लगानीको कार्यक्रम सम्पन्न भएको छ । उक्त समयमा सम्पूर्ण लगानीकर्ताहरुले सगून प्रति जाहेर गरेको विश्वास अविष्मरणीय रहेको छ । पहिलो चरणको लगानीमा
– जम्मा ६१ देशहरुबाट लगानी गर्ने ३,४४६ लगानीकर्ताहरु मध्ये अधिकांश लगानीकर्ताहरु नेपाली मूलका रहेकाछन् ।
– अधिकांश लगानीकर्ताहरुले सगूनमा सानो स्केलको लगानी गरेकाछन् । लगानीको प्रावधान न्यूनतम २९९ अमेरिकी डलर रहेको भएता पनि सरदर लगानी ९०० अमेरिकी डलर रहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु