विदेशी भुमीमा नेपाली विवाद

जेठ ४ – गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको फर्जी सदस्यता सम्बन्धी विवादले अहिले अग्र रुप लिएको छ । फलस्वरुप यस्ले अष्ट्रेलियाको फेयर ट्रेडिङमा समेत स्थान पाएको छ । केही समय अघिदेखि दुर्गा बन्जाडे, शिव बञ्जारा लगायतले यस विवादको टुङ्गो लगाएर मात्र निर्वाचन गर्नु पर्ने माग गरेका थिए । बन्जाडेले एनआरएन अष्ट्रेलियालाई औपचारिक पत्र मार्फत एउटै क्रेडिट कार्ड वा एउटै आईपी एड्रेसबाट बनाइएका सदस्यता रद्द गरेर एनआरएनलाई शुद्ध बनाउन माग गरेका थिए । पत्र लेखेको धेरै समयमा पनि कुनै प्रतिक्रिया नआएकाले केही घण्टाको अल्टिमेटम दिँदै उनले फेयर ट्रेडिंगमा उजुरी गरेका छन् । फेयर ट्रेडिंगले उक्त विवादलाई मध्यनजर गर्दै १४ दिनभित्रमा जवाफ दिने जनाएको छ ।

प्रवासी नेपालीहरुको साझा संगठन एनआरएन नेपालमा दर्ता भएकाले अष्ट्रेलियामा कार्य सञ्चालन गर्नका लागि फेयर ट्रेडिंगमा दर्ता भएको छ । अष्ट्रेलियन सरकारले यहाँ दर्ता भएका संस्थाहरुको वार्षिक विवरण, उनीहरुको कार्यसम्पादन, आर्थिक पारदर्शीता लगायतका विषयमा अनुगमन गर्ने गर्दछ ।

यसरी विदेशी भुमीमा नेपाली संस्थाको विषयमा उजुरी पर्नुले नेपाली समूदायलाई दूई समूहमा विभाजन पनि गरेको छ । कसैले यसलाई विधिको देशमा कानूनी काम भनेका छन् भने केहीले नेपाली समूदायबीचको किचलो अष्ट्रेलियन समूदायकामाझ छताछुल्ल पारेको भन्दै आलोचना गरेका छन् । तीन दिनको हाराहारीमा २८ सय सदस्य संख्या आठ हजार पुगेको थियो । केहीले यसलाई अन्तिम समयमा मात्र सक्रियता देखाउने नेपाली बानी एनआरएन पदाधिकारीहरमा पनि हावि भएको बताएका छन् भने केहीले पैसा आफैंले हालिदिएर अघिल्लो पटक सदस्य रहेकाहरुको नवीकरण गरिएको भन्दै यसको विरोध गरेका छन् ।

बुधबार साँझ बसेको एनआरएन अष्ट्रेलियाको पदाधिकारीहरुको आकस्मिक बैठकले यस विवादका सम्बन्धित पक्षहरुसँग छलफल गर्नका लागि अध्यक्ष सुरेन्द्र सिग्देल र न्यूसाउथवेल्स संयोजक एवं उपाध्यक्ष दिनेश पोखरेललाई जिम्मा दिएको छ । एनआरएन अष्ट्रेलियाका महासचिव टोनु घोतानेले आगामी आईतबार बोलाइएको एनआरएन अष्ट्रेलियाको कार्यसमिति बैठकमा यस विषयमा थप छलफल गर्ने प्रतिबद्दता जनाएका छन् । छलफलबाटै टुंग्याउनुपर्ने विषय मुद्दा मामिलामा जाँदा राम्रो सन्देश गएन कि भन्ने उहाँको चासो छ । अष्ट्रेलिया विधिको शासन भएको देश भएकाले यहाँ कुनैपनि अवैधानिक काम टिक्न नसक्न घोतानले बताउनु भयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु