भरतपुर तालमेल रहस्य

काठमाडौँ, ३ जेठ – चितवनको भरतपुर नगरपालिकामा भएको काँग्रेस माओवादी तालमेललाई हिजोआज विभिन्न ढंगले आकलन गर्न थालिएको छ । सो तालमेलमा देउवा र प्रचण्डको व्यक्तिगत स्वार्थ जोडिएको आम सर्वसाधारण जनताले मात्र हैन स्वोयम दुइ दलका नेताहरुले समेत महसुस गरेका छन् ।

तालमेल अघि दुवै जनाको छुट्टा छुट्टै स्वार्थ भएकै कारण देउवा र प्रचण्ड तालमेलको निष्कर्समा पुगेका थिए । प्रचण्ड अफ्नी छोरीलाई मेयरमा जिताउन चाहन्थे जसले गर्दा उनलाई आगामी संसदिय निर्वाचनमा सहज हुने थियो । जब प्रचण्डले यो तालमेलको प्रस्ताव देउवा सामू पेस गरे तब देउवाले पनि अफ्नो स्वार्थ खोजे, फलस्वरूप प्रचण्डले स्थानिय चुनाव सकिए लगत्तै देउवालाई पद सुम्पने आस्वासन दिन परेको थियो । भरतपुरमा मेयर जित्ने सर्तमा प्रचण्ड काठमाडौँ र पोखरा जस्ता अन्य ठाउँहरुमा हार्न राजी भए ।

जिल्लाका कार्यकर्ताहरु तथा अन्य नेताहरु संग छलफल नगरी देउवाले तालमेलको निर्णय गरेका थिए । देउवा निकट एक केन्द्रिय सदस्यका अनुसार उनलाई स्थानीय निर्वाचनको परिणाम भन्दा पनि प्रधान्मन्त्री बन्ने हतारो थियो । सजिलै आफ्नो बनाउन सकिने भरतपुरलाई देउवाको निर्णयले गुमाउन पर्यो त्यसैले देउवा निकट नेताहरु अहिले कृष्ण प्रसाद सिटौलाको गुटमा मिसिन पुगेका छन् ।

देउवाको प्रधानमन्त्री मोहो र प्रचण्डको छोरी जिताउने मोहोको कारण दुवै पार्टीको धरातल कम्जोर बनेको छ दुइ नेताहरुको स्वार्थ मिलेपनि कार्यकर्ता र प्रभावशाली नेताहरुको विश्वास चुडिने अवस्था सिर्जना भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु