जानकारी आदानप्रदान गर्ने पूर्णतया अधिकार छ- ट्रम्प

वासिङटन (अमेरिका), २ जेठ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिका रुपमा आतङ्कवाद र विमान कम्पनीको सुरक्षाका विषयमा रसियासँग जानकारी आदानप्रदान गर्ने पूर्णतया अधिकार रहेको बताउनुभएको छ । मङ्गलबार राष्ट्रपति ट्रम्पले ट्वीट सन्देशमार्फत अमेरिकी राष्ट्रपतिका रुपमा आफूमा आतङ्कवाद र विमान कम्पनीको सुरक्षार्थ सूचना आदानप्रदान गर्न आफूलाई अधिकार रहेको जनाउनुभएको हो । यद्यपि ट्वीटमा उहाँले इस्लामिक स्टेट (आईएस) समूहका बारेमा अमेरिकासँग रहेको गोप्य सूचनाबारे खुलासा गर्नुभएको हो वा होइन भन्ने विषयमा नखुलाइएको अमेरिकी अधिकारीले एसोसिएटेड प्रेस (एपी) लाई बताएका छन् ।

ह्वाइट हाउसले यी रिपोर्टका विषयमा केही स्पष्टीकरण दिएको छैन । न गोप्य कुरालाई गत मे १० मा ट्रम्प र रसियाली कूटनीतिज्ञहरुबीच दिइएको बताएको छ न यसको खण्डन नै गरेको छ । क्रेमलिनले भने उक्त रिपोर्ट निराधार रहेको जनाएको छ । राष्ट्रपति ट्रम्प र रसियाली कूटनीतिज्ञबीच भएका कुरामा ट्रम्पले आतङ्कवाद र विमानको सुरक्षाका विषयमा केही कुरा सार्वजनिक गरेको हुनसक्ने भन्दै विश्वभर समाचार आएका थिए । ट्रम्पले आफूले रसियासँग आईएसविरुद्धको लडाइँ र आतङ्कवाद नियन्त्रणका विषयमा रसियाको सकारात्मक सहयोग लिन खोजेको बताउनुभयो । रासस-एपी

Comments

comments

सम्बन्धित शीर्षकहरु