अफ्रिकी गणतन्त्रमा शान्तिदुत उपर अमानविय आक्रमण सुरक्षा परिषद द्धारा निन्दा

संयुक्त राष्ट्र संघ, जेठ २ केन्द्रिय अफ्रिकी गणतन्त्रमा शान्ति स्थापनार्थ खटिएका संयुक्त राष्ट्र संघीय शाान्तिदूतउपर गत शनिबार र आइतबार भएको अमानवीय आक्रमणको राष्ट्र संघीय सुरक्षा परिषद्ले निन्दा गरेको छ ।

राजनीतिक रुपमा लामो समयदेखि अस्थिर रहेको र हिंसाग्रस्त केन्द्रिय अफ्रिकी गणतन्त्रमा शान्ति स्थापनार्थ खटिएका संयुक्त राष्ट्र संघीय समूहः मल्टिडाइमेन्सनल इन्टिग्रेटेड स्टाबिलाइजेसन मिसन इन द सेन्ट्रल अफ्रिकन रिपब्लिक मिनुस्का का कार्यकर्तामाथि लक्ष गरी बाङ्गास्सु बोमोउ मा गएको शनिबार र आइतबार त्यहाँका सशस्त्र बिद्रोही समूहले अन्धाधुन्द हिंसात्मक आक्रमण गरेका थिए ।
सो आक्रमणबाट मिनुस्कामा कार्यरत मोरक्कोका एकजना कार्यकर्ता मृत्यु हुनुका साथै अर्का मोरक्काली कार्यकर्ता घाइते हुनुका साथै केही स्थानीय बासिन्दाहरुको मृत्यु भएको र धेरै सङ्ख्याका मानिसहरुका बस्ती नै उजाडिई बिस्थापित हुन पुगेका थिए ।
राजनीतिक स्थायित्व, शान्ति र स्थिरता कायम गराउने उद्देश्यले खटिएका राष्ट्र संघीय शान्तिदूत तथा सर्वसाधारण निर्दोष जनतामथि माथि यस प्रकारको ज्यानै जाने सम्मको आक्रमण हुनु अत्यन्त जघन्य अपराध भएको राष्ट्र संघीय सुरक्षा परिषदले उल्लेख गरेको छ ।
साथै, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले पनि उक्त घटनाको गहिरो भत्र्सना गर्दै, सबै अपराधीहरुको खोजी गरी न्यायको कठघरामा उभ्याउन केन्द्रिय अफ्रिकी गणतन्त्रको सरकारसँग अनुरोध समेत गर्नु भएको छ । रासस ÷सिन्ह्वा

Comments

comments

सम्बन्धित शिर्षकहरु