सिरियामा अमेरिकी नेतृत्वको सैन्य गठबन्धनको आक्रमणमा चालिस जनाको मृत्यु

दमास्कस (सिरिया), २ जेठ – अमेरिकी नेतृत्वको आतङ्कवाद विरोधी गठबन्धनले देइर अल जोर प्रान्तको बुकामाल सहरमा गरिएको सोमबारको आक्रमणमा करिब ४० जना सर्वसाधारण सिरियालीको मृत्यु भएको यहाँको सरकारी शाम एफएम रेडियोले जनाएको छ ।इस्लामिक स्टेट (आईएस) समूहको प्रभाव क्षेत्र देइर अल जोरमा सर्वसाधारणलाई लक्षित गरी हवाई आक्रमण भएको उक्त रेडियोले बताएको छ ।

गत मङ्गलबार उत्तरी प्रान्त रक्कामा अमेरिकी नेतृत्वको गठबन्धनले हवाई आक्रमण गर्दा ११ जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए ।सिरियामा अमेरिकी नेतृत्वको आतङ्कवादविरोधी गठबन्धनले कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) लाई सघाउँदै आएको छ । रासस-सिन्ह्वा

12 total views, 6 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु