सिड्नीमा अध्यात्मिक शिविर बन्यो बुद्द जयन्ति

असनेपालन्य्तुज सिड्नी । शान्तिका अग्रदुत बुद्दको जन्म जयन्तिको अवसर पारेर आयोजना गरिएको ध्यान , प्रवचन , बुद्द पूजा सिड्नी को टेम्पे पार्कमा विषेश आकर्षण बन्यो । बुद्दम् शरणम् गच्छामि , धम्मम् शरणम् गच्छामिको स्वरमा गुन्जायमान बनेको थियो टेम्पे आसपासको क्षेत्रहरू ! बुद्ध दर्शन समितिको संयोजकत्वमा तमु समाज , मगर समाज, छन्त्याल समाज, थकाली समाज , शेर्पा समाज, तामांग समाज, रुपन्देही सामाजिक संजाल, गुठि अस्ट्रेलिया लगाएत अन्य विभिन्न संघ संस्थाहरुले एकै ठाउँमा मनाउने बिगतको परम्परालाई निरन्तरता दिदै यस पटक पनि कार्यक्रम तय गरिएको हो ।
सो अवसरमा दुई अद्यात्मिक गुरुहरूले बुद्द प्रवचन तथा ध्यान गराउनु भएको थियो । नेपाल बाट आउनु भएका आचार्य कमल तमाङग ले करुणा , मैत्री , म्रिदु र उपेक्ष्या का बारेमा चर्चा गर्दै अरूको खुसी र दु:ख आफ्नै अनुभुति हो भन्ने अभ्यास गर्दै जांदा समुदायमा शान्ति मिल्ने बताउंनु भयो । जीवनका हरेक सेकेन्ड महत्वपूर्ण हुने बताउंदै उहांले राम्रो काममा लाग्न सबैलाई प्रेरित गर्नु भयो ।
यस्तै आचार्य राजन शर्मा ले मनका विकारहरूलाई फाल्दै आफु भित्र लुकेको बुद्दत्वलाई जगाउंने कला विपश्यना ध्यान भएकाले यसलाई अभ्यास गर्न आजै देखि संकल्प गरौं भन्दै विपश्यना ध्यान शिविर सन्चालन गर्नु भयो । उहांले मानिसभित्रको सुन्दर बस्तु बहेन्कै मन हो र मन सुन्दर भएन भने जतिसुन्दर अनुहार भएपनि , घर र कार भए पनि अर्थ नहुने बताउंदै बुद्द शिक्षाको अमुल्य विधि ध्यान गर्न उत्प्रेरित गर्नु भयो ।
सो अवसरमा न्यु साउथ वेल्सका महावाणिज्यदुत दीपक खड्काले बुद्द जयन्तिले सबैलाई एउटै मन्चमा उभ्याएको बताउंदै सबैले जित्ने खेल खेल्दा मात्र समाजमा शान्ति हुने बताउंदै सबैलाई हुने उपल्ब्धि तर्फ हामिहरू लाग्नु पर्ने बताउ*नु भयो । न्यु साउथ वेल्स महावाणिज्यदुतावासको कार्यालय तथा अन्य नौ संघ संस्थाहरुको संयुक्त आयोजनामा २६४१ औ बुद्ध जयन्ति बिबिध कार्यक्रम सहित मनाईएको आयोजकका तर्फ बाट संयोजक निमा शेर्पाले असनेपालन्युजलाई बताउनु भयो ।
कार्यक्रममा एन आर एन अध्यक्ष सुरेन्द्र सिग्देल ले बुद्दको दर्शन अहिले पनि लोकप्रिय रहेको र यसलाई सबैले पालन गर्नु पर्ने जोड दिनु भयो ।, निन्फाका अध्यक्ष अरुण तमाङग ले समाजमा फैलिएको अशान्ति र अस्थिरता को समाधान बुद्द का जीवन नीतिबाट सम्भव हुने भएकाले यसलाई यो वा त्यो नभनि पलान गर्नु पर्ने बताउनु भयो । यसैगरि सो अवरमा तमाङ सोसाइटिका अध्यक्ष दिल तमाङ्ग
,रुपन्देही समाजका तर्फ बाट कृष्ण गैरे , बुद्द दर्शन समितिका तर्फ बाट निमा शेर्पाले शान्ति एकता र बुद्द शिक्षाका बारेमा आ-आफ्नो धारणा राख्नु भएको थियो । वक्ताहरूले लुम्बिनिलाई बुद्दका अनुयायीहरूको ‘मक्का ‘ बनाउन सकिने यसले देशको अर्थ तन्त्रलाई नै सघाउने जोड दीइएको थियो । कार्यक्रम सविना तमाङ्गले सन्चालन गरेकि थीईन ।
सोही कार्यक्रमाका विच 7A Side बुद्ध कपको लागी यूवाहरूको २४ वटा टिम र ३५+ को लागी ८ वटा टीम दर्ता भएको आयोजकले जनाएका छन् । बुद्द जयन्ति पारेर आयोजना गरिएको खेलको नतिजालाई सांझ सम्म बाहिर ल्याईएको थियो भने विजयी खेलाडिहरूलाई सम्मान प्रदान गरिएको थियो ।
सो अवसरमा चर्चा गरिएका बिषयहरू :
१। बुद्द शिक्षाका प्रेमिहरूले उहांको ध्यान “बिपश्यना ” लाई ब्यवहारमा उतारेर आफ्नो मनको शान्ति र समाजको शान्तिमा सहयोग पुर्याउंन सक्छन्
२। संसारमा अरूको चासो लिन्छौं आँफैं भित्र के भैरहेको छ पत्तो हुंदैन तसर्थ यसमा ध्यान पुर्यांउंदा हामि तनाव बाट मुक्त हुन्छौं ।
३। संसार अस्थिर छ भनेर बोध गर्दै प्रज्ञा जागाउनु नै वोधि ज्ञान हो .
४। करुणा , मैत्री , म्रिदु र उपेक्ष्या बुद्दका मूल सिद्दान्त हुन्। अरूलाई दया र माया सबैले गरिरहेका हुन्छन् तर करुणा र उपेक्ष्या कमैले गरेका हुन्छन्। अरूको दु:ख र सुख लाई आफ्नै दु:ख सुख सम्झनु उपेक्ष्या हो भने अरूको दु:खमा सकेसम्म सहभागी बनेर दु:ख हटाउन पहल गर्नु करुणा हो ।
५ । जीवन अस्थिर छ यो शब्दमा हैन अनुभुतिमा ल्याउन , भोजन , ब्यायम , ध्यान र सोच मा परिवर्तन गर्न संकल्प गरौ। हरेक बुद्द जयन्तिमा एक एक संकल्प गर्दै जांदा हामि आँफैं भित्र शुद्दी करण गरिरहेका हुन्छौं ।

Comments

comments

सम्बन्धित शीर्षकहरु