” चिट्ठी तिमीलाई निशा”

 

मात्र भन्छु मुटु भरिको मायाँ र हरपलको सम्झना …कलमका साधा पाना भर्न खोज्छ अनि तिमीलाई सम्झेर

मेरा मनमा उछालिएका अनगन्ती सम्झना र भावनाहरुलाई हजुरहरु समक्ष खुल्ला हावामा टहल्दाको आनन्द पाए झैँ मन भित्रका बुद्धका केहि सन्देश मानब जीवनको लागि उपयुक्त रहेछन जसले मेरो मनलाई प्रेरित गर्यो लाग्यो मानब जीवनको महत्वलाई झक्झकाएको हुनाले सबैका लागि यो सन्देश मुलक महत्वपूर्ण चिन्तन,मननका कुरा पोखी दिऊ !

तिर्खाएको मानिसको लागि गाग्रीको चिसो पानी अमृत भए झैँ यस्ता अमृत वाणी जो बुद्धले दिएका छन्स विश्वका लागि संदेशको रुपमा |

“मन ” जो कोहिले पनि मनमा क्रोध राखिरहनु भनेको नै त्यो अरुलाई खन्याउने आशयले भएता पनि आफ्नै हातमा आगोको कोइला लिएर हिड्नु जस्तो हो जसले आफैलाई पोल्छ र आफैलाई डढाउँछ ‘ |”‘

लौ विचार गर्नुस् कति गहन छ्न बुद्धका संदेश .! यो चिट्ठी उडेर नेटको जवानमा पनि त्यहाँ सम्म पुगोश वा नपुगोश,चाहे हाम्रो भेट होश वा नहोस, हामी एक्कै लक्ष्य बोकी हिडेका भगवान् बुद्धका सन्देशलाई घर आँगनमा पुर्याउदै ,आध्यात्मिक जगत् प्रतिको विश्वाश बोकेका व्यक्तिहरु भएतापनि; एउटा छानो मुनि हुर्किएता पनि सायद पर्खालको वारी र पारि परिएछ क्यारे ? र त हाम्रो मिलन भएन होला नि ?एक्कै उद्देश्य ,लक्ष्य, चाहनाको डोरीमा बाटीएर हिड्दा पनि र खुल्ला आकाशमा यताउता उता गर्दै हावाको गति संगै दौडिदा एक अर्कालाई देखेर पनि नदेखे झैँ भएछौ सायद मेरो दुर्भाग्य र कसैको सौभाग्य भएर नै होला- एक्कै लक्ष्य, हिड्ने वाटो समेत एउटा र भावना पनि एउटा भएता पनि त्यही शहर,त्यही ठाउँ र हावा पानीमा हुकिदै गएर पनि हाम्रो भेट त्यो ठाँउमा नभएर सात समुन्द्र पारीमा आएर धेरै समय पछी नेटको माध्यमले हुन् गयो र आज हामी बिचको आधाद प्रेम ,स्नेह,मायाँ बस्यो यो मेरो आफ्नो विचार हो, हजुरहरुको ठाँउमा त्यो नहुन पनि सक्छ ! जसरी भगवान् बुद्धले भन्नु भएको छ नि “अल्पज्ञानी आफ्नो जीवनमा गोरुझै हलक्क बढ्छ तर शरीर मात्रै बढ्छ,उसको बुद्धि बढ्दैन रे !’ यो नराम्रो सम्बन्ध भने अवश्य नै होइन . यसलाई कसरि सम्झने र कायम राख्ने भन्ने त् हाम्रै मन हो . जस्तो सम्झो त्यस्तै हुन्छ .!

भनिन्छ नि मनै दुखको कारण पनि हो र अति नै शुखको कारण पनि मनै हो ! मानव मनका विरेचक भगवान बुद्धले भन्नु भएको जस्तै मन वास्तवमै विचित्र प्रकृतिको छ ” मनोसेट्ठा मनोमया. “ अर्थात् मन नै श्रेष्ठ छ र जगत नै मनोमया छ मान्छेको मनले जे सोच्छ वा गर्छ त्यसैको आधारमा गोरुले गाडाको चक्कालाई पछ्याए झैँ दुखले पछ्याउने कि शुखले छायाँ सरि साथ दिने भन्ने कुरा निर्धारण हुन्छ रे !

“ततो नम् दुख्खमन्वेति चक्कम् वो बहतो पदम” हुने कि “ततो नम् सुखमन्वेति छाया व अनापायिनी”

हुने भन्ने कुरा हाम्रै मनमा आउने कुराले संकेत गर्दछन !

सम्झना आयो दुर्गालाल श्रेष्ठका शब्दहरुलाई आनी छोइंग डोल्माको गलाले गुनगुनाएको यो गीत “फूलको आँखामा फुलै संसार ,काँडाको आँखामा काडे संसार ”

मन ,चित्त , र अहंकारले सामान्यतया हामीलाई दुख नै दिन्छन ! मनमा कहिले काही खराब चित्तले वास गर्नाले हामी एकाएक दुखि हुन् पुग्छौ . त्यसैले होला चित्तलाई शान्त र शुद्ध राख्नु आवश्यक हुन्छ . हुन् त् हजुरहरुलाई मैले यसरी ज्ञानका कुरा गर्न शोभा दिदैन् किन कि म पढे लेखेकी र हजुरहरुलाई अर्ति उपदेश दिने हैसियत राख्ने नारी होइन .त्यै पनि हिजो आज धर्मको परिवर्तन जस्ता तुफान देशमा आएको हुँदा मैले भगवान बुद्धका यस्ता अर्तिलाई सन्देशको रुपमा दिन उपयुक्त ठाने ” कसैले टोकरी र कोदालो लिएर यो भन्छ कि म यो पृथ्वी नै खनेर फाल्छु । कसैले लाहा र बेसारको रङ लिएर भन्छ कि म यो आकाशै रङाउँछु । कसैले एक मुठो पराल सल्काएर भन्छ कि म सम्पूर्ण गंगा नदीलाई नै जलाएर भष्म पारिदिन्छु; तैपनि पृथ्वी, आकाश र गंगालाई कुनै असर पर्दैन हो साथीहरु हामीलाई पनि त्यस्ता कहिले काही खहरेमा आउने बाढी संग डराउनु पर्ने छैन त्यसैले जसरी तुफान आउछ र एकछिनको बिधंश गरेर जान्छ तर रुक्न सक्दैन र फेरी हामीले आफ्नो जे जहाँ छ त्यसलाई मिलाउछौ र झनै राम्रो बनाउछौ,बलियो पार्छौ हो तर तुफान आउछ फेरी उड़ाउछ भनेर हामीले आफुले गर्नु पर्ने,समेट्नु पर्ने कुरालाई हीनताबोध भएर छाड्नु हुदैन त्यस्तै अरुले जे भनून् – अरुको बोलीले तिम्रो मनलाई अलिकति पनि असर पर्नु हुँदैन यो कुरालाई विचार गर्नु मनन गर्नु है ? जसरी भगवान बुद्धले भन्नु भएको छ कि “काँडाबाट बच्न सम्पूर्ण पृथ्वीलाई ढाक्न सकिँदैन तर आफ्ना खुट्टामा जुत्ता लगाएर आफु बाच्न सकिन्छ यस्तो गहन कुरालाई हामीले मनन गर्नु पर्ने होकी ?

त्यसैले मनमा आएका कुरा हजुरहरु माझ आफ्नो नै सम्झेर पोख्दैछु . !

,हजुरहरुलाई यी सबै कुरा थाहा नै भएता पनि मैले चिन्तन,मनन गर्दा सिक्ने क्रममा हजुरहरु लाई नै आफ्नो एइना बनाएर लेखेको हुनाले यसलाई सकारात्मक रुपमा लिइदिनु हुनेछ भन्ने विश्वाश गर्दछु !. चित्त शुद्धि भनेको नै आफ्नो चित्तलाई चिन्ता ,इर्षा,द्धयेस,क्रोध,घृणा,आदि विकार देखि मुक्त राखी मनलाई शान्त पार्नु हो .,चित्त हमेशा चंचल भइ रहने हुनाले यसको वृत्तिलाई निरोध गर्नु हो भन्दै आएका छन महात्मा गुरुहरुले पनि जो कहिले काही मन विरक्त हुँदा प्रवचन सुन्ने गर्छु नेटमा !. चित्तका सम्पूर्ण विकारहरुको मूल कारण नै मन हुनाले यसै बाट शरीरमा विष झैँ रोगहरु उत्पन्न हुने गर्दछ,मानिसमा जति नै भए पनि असन्तुष्टिका कारण आफ्नो लोभ,मोह,बढ्नाले र आफ्नो इन्द्रीयहरूलाई स्थिर नराख्नाले त्यसैबाट अनेकौ रोगहरु लाग्दछ.भने त्यस्तै सधैको मिठो खाना पनि पाचन सम्बन्धिको रोग हुने भएकोले सम्पूर्ण शरीरमा फैलिन्छ र त्यसैले लोभ,मोह,राग,द्धष,निमत्याउनाले यसले एक अर्का बिचको झगडाको कारण बनाउछ .! यस्तै भगवान् बुद्धले पनि “राग र द्वेष यी दुई कुरालाई नै सस्कार निर्माणका मूल दुई कारण मान्नु भएको छ भने “बुद्ध दर्शनको महान ग्रन्थ “धम्मपद”मा त झन् “यमकबग्गो ‘र “चित्तबग्गो’ नामक दुई खण्ड

नै छन जसले मान्छेको मन र चित्तको प्रवृतिका बारेमा सारै सटिक बर्णन गरेका छन त्यसैले त अरुको कुनै समान वा सम्पति लुटिदा,हराउदा,मर्दा,नाश हुँदा बिग्रिदा हामीलाई त्यति वास्ता वा चिन्ता हुदैन . संसारमा कति मानिस जन्मछ्न र मर्दछन,न हामीलाई हर्ष हुन्छ न दुख नै .तर हामीले विचार गर्नु पर्ने जस्तै भगवान् बुद्धले भन्नु भएको सन्देश “कुमालेले बनाएका भाँडाहरु जसरी एक एक गरेर सबै फुट्छन् त्यसरी नै जन्म लिएका प्राणीहरु पनि सबै मर्छन् । प्राणीलाई जन्मेकै दिनदेखि कालले लखेटिरहेको हुन्छ । जसको उत्पति भएको छ, त्यसको विनास अवश्यै हुन्छ “र पनि यसो कसैलाई चिनेको छ भने मायाँ लाग्दैन,मात्र कठै भन्छौ ,त्यसैले कुनै ब्यक्ति प्रति हाम्रो जाति धेरै मोहको मात्रा हुन्छ त्यति नै दुखको कारण बन्छ ,सायद त्यसैले होला हाम्रो मन,बुद्धी,मोहको कारणले नै हामीलाई आकृष्ट गर्दछ,, विशिष्टको प्राप्ति र सङ्ग्रहले नै गर्दा एक अर्काले आनन्दको प्राप्ति गर्दछौ . जस्तै कहिले ,मिठो खानु,स्वादिलो मसला दार ,चिल्लो,र चटकिलो भोजनले इन्द्रियलाई मिथ्या तृप्त दिएर शरीरलाई कष्ट दिन्छौ,भने कहिले अभिमान युक्त तेरो र मेरो भावनाले उठेका मन भित्रको आक्रोश बाट भएको झगडाले मनलाई ब्याकुल नबाई सोकमा डुबाउन पुग्छौ अनि छदाँ खाँदाको विवेक,बुद्धिलाई अन्धकारमा फ्याक्न पुग्छौ . त्यसैले मेरो साथीहरु,आफ्नो संस्कार,धर्म र देशको रक्षा गर्न हामीले हामी भित्रका मोहलाई त्याग्नु पर्छ . मोह त्याग्नु भन्नुको अर्थ मैले प्रेमलाई ,आफन्तलाई,भावनालाई ,इच्छालाई त्याग्नु वा घृणा गर्नु भन्न खोजेको होइन किन कि हाम्रो विचारमा ,चाहनामा कुनै दोष .लोभ छैन,किन कि मोह रुपी दोष वा विचार आफु भित्रै हुन्छ त्यसलाई हामीले बुझ्नु अर्थात् हाम्रो सम्बन्धलाई बुझ्नु पर्छ ,मैले मायाँको आदर्श ,गरिमा र उच्चतालाई लत्याउनु पर्छ भनेकी होइन केवल यसभित्र रहेको’ बन्धन ” र आशक्ति ‘को जन्जालमा फस्नु हुदैन मात्र भन्न खोजेकी हुँ,मेरो साथीहरु !

मैले यस्तो लेख्नु र हजुरहरुलाई सन्देशको रुपमा नेट रुपी हावाको माध्यमबाट पठाउनु भनेको हाम्रै एकता,वल, र स्रद्धा भित्र देशको रक्षा गर्न हातेमालो गरौ भनेर ह्जुरहरुबाट धेरै कुरा जान्ने इच्छाले हो… यो मेरो मनको देशको गरिमा र धर्मको रक्षा हुनबाट सबै जाग्यौ भन्ने सानो गुनासो वा मेरो नेपाल र नेपालीको पहिचान अस्पर्शित प्रेमको सानो नासो हो यसलाई हजुरहरुले मेरो आजसम्मको अव्यक्त देश प्रतिको प्रेमको ‘मौन” अभिव्यक्ति ठान्नु भए पनि हुन्छ !

मैले मोहलाई त्याग्नु पर्छ भन्नुको अर्थात् सबै चिजलाई त्याग्नु पर्छ भन्न खोजेको पनि हैन जसरी भगवान् बुद्धले भन्नु भएकोछ ” खराबको संगत गर्ने मान्छे पनि खराबै हुन्छ जसरी दुर्गन्धयुक्त पदार्थ सेवन गरेको ब्यक्ति स्वयम दुर्गन्ध गन्हाएको हुन्छ “। त्यसैले यो लोभ र लालचमा लिप्त भएर

गरिबीबाट दु:ख भयौ भन्दैमा र थोरै पैसाले गरीबी हट्यो भन्ने भ्रममा पालेर अब सुखी भैहाल्छ भन्ने पनि के ग्यारेन्टी र ?

” जसरी पृथ्वीले चोट अनुभव गर्दैन र विरोध पनि गर्दैन, जसरी हावामा कुनै प्रतिकृया उत्पन्न हुँदैन, जसरी गंगाको पानी अप्रभावित भएर बगिरहन्छ, त्यसैगरी हामीले हाम्रो संस्कार र धर्मको ,रितिरिवाजको सम्मान गरि अरुको आडमा शिर झुकाउन हुदैन !

,किन कि स्वयम व्यक्तिमा कुनै दोष हुदैन . मोह रुपी दोष भनेको मात्र आफ्नो मन भएकोले मात्र मन भित्रबाट पलाउने वासना प्रतिको आकर्षणको त्याग गर्नु हो मात्र भन्न खोजेकी हुँ !. संसारको त्याग गर्नु भन्ने मेरो आशय होइन तर संसारिकताको त्याग गर्नु पर्छ भन्ने हो “जसरी वनमा काठहरु घोटिनाले आगो निस्कन्छ, त्यसरी नै हाम्रो मनमा पनि असम्यक विचारहरु आपसमा घोटिनाले अविद्याको कालो धुँवा उत्पन्न हुने भएकोले मोह त्याग गरेर मनोविकारलाई छोडेर हामीले जति पनि मनलाई पवित्र पार्न सक्दछौ त्यति गर्न सक्नु भनेको नै शुख प्राप्ति हो . त्यसैले मोह र द्वेषको त्यागबाट नै स्वतः सन्तोष वृद्धि पनि प्राप्त हुन्छ . जब मनमा सन्तोष जनक प्रश्न उत्तर आउँन थाले पछी शारीरिका रोगहरु आफै ठिक हुन् थाल्दछन अर्थात् देशमा कु विचार लिएर पसेका दुष्टहरु हामी बिचको एकताले आफै हावाले बढारेर लैजाने कसिंगर झैँ बढारिन्छ ,.हेर्नुस, कतिपय कुराहरु सिधान्तमा ठिक हुन्छन तर ब्यबहारमा ल्याउन कठिन हुन्छ . भन्न सजिलो हुन्छ तर गर्न अति नै गार्हो हुन्छ . तर सकेसम्म ब्यबहारमा अबलम्बन गर्न सके फाइदा हुन्छ .तर पनि मेरो साथीहरु , मानिस मनका कारण धेरै दुखि हुन्छन जसरी एइनामा मुख हेरेर अनुहारको दाग आदिलाई हटाउछौ त्यसरी नै अन्तरमुखी दृष्टि द्धारा अन्तरवृद्धि निरिक्षण Introspection गरि आफ्नो दोष ,विकार आदिको पहिचान गरि एक एक खोजि खोजि निराकरण गर्ने प्रयेत्न गरौ !

भगवान बुद्धले भन्नु भएको छ “जसरी फलाममा उत्पन्न भएको खियाले फलामलाई नै सिध्याउँछ त्यसरी नै ब्यक्तिले गरेका पापकर्मले ब्यक्तिलाई नै सिध्याउँछ ।

त्यस्तै ‘छचल्किएको पानीमा,वा ‘भकभकी उम्लिरहेको पानीमा आफ्नो प्रतिबिम्ब देख्न सकिँदैन त्यसरी नै क्रोधमा जलिरहेको मान्छेले पनि आफ्नो भलो केमा छ भनेर ठम्याउन सक्तैन । जसले आफ्नो देशमा आफ्नै धर्मको रक्षा,देशको रक्षा गर्न सक्दैन उसले अर्काको देशमा के गर्ला भनेर एकपल्ट मौन भएर सोच्नु पर्छ कि?

जसरी गन्याहेको शारीर वा फोहर भएका कपडालाई साबुन ,पानी द्धारा सफा र शुद्ध गर्न पुग्छौ त्यसरी नै मनलाई शान्त राखी सत्य बोलेर ,सत्य विचार गरेर,र सत्य छल ,कपट रहित काम गरेर शुद्ध पार्न सक्छौ .शरीर सत्य भएको वखत वा स्वस्छ कपडा लगाएको समय हामीलाई कति आनन्दको अनुभति हुने गर्दछ हैन? हो त्यस्तै आफ्नो संस्कार,धर्म,र देश भित्रको एकता भयो भने कसले आएर हाम्रो देश भित्र गरिबीको नाममा औला उठाउदै किन बेचको व्यापार गर्ला ?

हो त्यस्तै साथीहरु देश र धर्मको रक्षा गर्न मनलाई पनि हामीले शुद्ध र निर्मल ,स्वस्छ पारे पछी हामीलाई आफ्नै देश भित्र गर्भ हुँदा असिम सन्तुष्टि मिल्ने भएकोले हाम्रो शरीर बाट रोग ,थकान गएको अनुभति हामीले गर्दछौ र लाग्छ कि हामी अहिले पनि जवान छौ ,पुस्ट छौ .,वलवानछौ !.मनभित्र बिकारहरुको परिक्षण गर्न नसकेर नै वास्तवमा हामी दुखि हुने गरेका छौं ! कवि गालिब को यो महान कविताको टुक्रालाई हेर्नुस् त ! “जिन्दगी भर गालिब ,एक भूल करता रहा ,धुल चेहेरे पर था ,और आइना साफ करता रहा”महान गीतको पंक्ति जस्तै ‘देश भित्र पसेर शत्रुले ताली बजाउछ र हामी उसको कुरामा नाच्द्छौ ..के यो गहन कुरा हैन ? नेपालीले विदेशमा पसेर कुनै विदेशीलाई नचाएका छन ?

त्यसैले मेरो साथीहरु , हजुरहरुले दिनमा एउटा यस्तो समय तय गर्नोस् र सबै कामलाई बिर्सेर त्यो बेला मनलाई शान्त चित्त पार्नुस र सम्झनुस भावी पिडिको भविष्य अनि संकल्प गर्नुस् देशको रक्षा ,धर्मको रक्षा जसले गर्दा हजुरहरुले गर्न चाहेको काम वा हजुरहरुको शान्तमय निन्द्रालाई कुनै अशान्त भावनाले पनि परिशानिले छुन नसकोश त्यसैले शान्त चित्त मन स्थिर अन्तरमुखी द्धारा बसी र मनलाई खाली बनाउनुस्,,कुनै पनि कुरा मन भित्र खेल्यो भने रात्रि निन्द्रा नै लाग्दैन ,जब सबै कुरालाई बिर्सिदै बिर्सिदै गाइन्छ तब निन्द्रा लागेको पनि चालै पाइदैन ,जब हामी मन शुन्य गरेर विचार गर्छौ त्यो बेला हामी ईर्ष्या द्धवेष,भय,घृणा ,चिन्ता,विषाद,यश ,लालषा,काम,क्रोध,लोभ,मोह,आदि विकारलाई हटाउन सक्छौ . आध्यात्मिकताको चिन्तन,मनन गरि आफ्नो धर्मको पालन गर्नाले मनलाई अति नै शान्ति दिन्छ ,हामी आफुले आफ्नो कर्तब्य निष्ठाले प्रेरित भएर साहस पूर्ण रुपमा कोशिश गर्यौ भने सबै किसिमको विकारलाई हटाउन सक्छौ ,! त्यसैले भगवान् बुद्धले भन्नु भएको छ “पापकर्म दूधझै तुरुन्तै जम्दैन । यो त खरानीले ढाकिएको आगो झै अलिअलि जल्दै मुढ मान्छेको पछाडि लागिरहन्छ ।

त्यसैले “प्रिय वस्तुबाटै शोक उत्पन्न हुन्छ र प्रियबाटै भय । जो यसबाट मुक्त छ, उसलाई केको शोक ? केको भय ? जसले हामीलाई लोभ्याउछ र मायाँ गरे झैँ सहयोग गरे झैँ विस्तारै हामीलाई नै कोत्रिन्छ जसरी मुसाले आफ्नो आउने जाने बाटो तय गरि भित्र भित्रै कोत्रिन्छ र घरलाई नष्ट गर्दछ,

त्यस्तै.हामीले आफै एक एक दोषको नाश गर्ने उपाय सोचौ र उही परमात्मा,निरन्जन निराकार इस्वरको सहारा लिएर धर्म रक्षाको लागि चिन्तन गरौ ,र उनी माथि विश्वाश राखी साहस गर्दै जाऊ,…नित्य आत्मा चिन्तन,आत्माको विश्लेष्ण द्धारा आफ्नो द्धेष लाई चिन्तन ,मनन र प्रयेत्नले निर्वल पारौ . विकारले मन र शरीरलाई निर्वल मात्र तुल्याउछ ,जब हामी विकारबाट मुक्त हुन्छौ अनि मात्र शक्ति अबाधीन भएर जाग्न थाल्दछ ,अनि जहाँ आत्मा सुधारको संकल्प हुन्छ ,एकता हुन्छ त्यहा आत्माको सुधार अबश्य नै हुन्छ . त्यसैले साथीहरु आफ्नो तुलना अर्का संग गर्नु वा अर्काको कमि कमजोरीलाई औलाउनु भन्दा राम्रो आफ्नै विगत र वर्तमानलाई तुलना गरि विगतको भन्दा असल र सक्षम् हुन् आफैले नित्य प्रयेत्न गरौ यदी हामीमा घृणित भावना एक अर्का प्रतिका विकारहरु रही रहे भने विश्वभारको सम्पदा ,अतुल वल,महान पद,अनि असिम बिद्द्या पाएर पनि हामीमा सन्तुष्ट हुदैन र हामीले जति नै धनको पोको थुपारे पनि सुखको अनुभूति गर्न सक्दैनौ,/ विना शुद्ध,स्वास्थ,सुखी मन नै सुन्दर र स्वास्थको प्रथम रहस्य हो ..हैन त मेरो प्यारा साथीहरु ?

भगवान् बुद्धले भन्नु मानब प्राणीलाई सन्देशको रुपमा दिनु भएको अति नै गहन कुरा जसरी,’पृथ्वीका सारा राज्य जिते पनि राजा आखिर एउटै नगरमा बस्छन । एउटै दरवार भित्र बस्छन । एउटै खाटमा सुत्छन । भोक मेटाउन अलिकति खाना नै पर्याप्त हुन्छ र लाज ढाक्न एकसरो कपडा भए पुग्छ । बाँकी सब आडम्बर हो । ब्यर्थको घाँसले खेत नस्ट गरेझै यो ब्यर्थको आडम्बरले ब्यक्तित्व नस्ट पार्दछ । यस्ता बुद्ध वाणीले कसको मन छुदैन होला त ? के हामी मनुष्य भएर जुन देशमा जन्म लियौ ,हुर्कियौ,बढ्यौ,पढ्यौ,त्यो देशलाई त्यो माटोलाई आज हामीले कसको हातमा सुम्पिन तलिन छौ ? आखिर किन ?

हेर्नुस् साथीहरु मन नै मनुष्यको सुख अनि दुखको कारण हो ,जसले मनलाई जित्न सक्छ उसले यो संसारलाई जित्न सक्छ,यदी हामीमा मन,वचन,र कर्मको एकता भएन् भने हामी दुर्वल हुन् पुग्छौ अनि हामीले एक अर्कालाई धोका दिए पनि आफ्नो अन्तर आत्मालाई भने दिन सक्दैनौ ,जब मन,वचन,कर्ममा एकता हुन्छ त्यो बेला हाम्रो मन भित्र कुनै तनाब उत्पन्न हुदैन, हैन र ? जब हजुरहरुलाई यो सन्देश नेटबाट वा पत्रिका बाट हातमा पर्दा मेरो याद आउछ मलाई विश्वाश छ अबश्य हजुरले यसलाई गहन गरेर पढ्नु हुनेछ,चिन्तन,मनन गर्नु हुनेछ र यसलाई प्रेम पत्र भनेर सम्झनु पनि हुनेछैन, किन कि यो प्रेम पत्र होइन हजुरहरु संगै म पनि जन्मेको मेरो प्यारो देश नेपाल भित्र खेलेको, म एउतै गाउँ ,शहर,नेपाल देशका साथी त्यसैले साथी भनेको सबै भन्दा माथि हुने हुनाले हरेक किसिमका मन खोल्न सकिन्छ,,हास्न ,बोल्न,सकिन्छ तर जसरि साथी संग मन खोलेर कुरा गर्न सकिन्छ त्यति नै नाता भित्र कठिन हुदो रैछ त्यसले हामी एक अर्काको साथी त्यसैले पति ,पत्नी,दिदीभाई भन्दा माथि अत्येत्न माथि एउटा असल गुरुको शिष्य, असल पतिको पत्नी,असल आमाकी छोरी,असल सासुकी बुहारी र असल सन्तानकी आमा ,आध्यात्मिक चिन्तन र मनन गर्दै यसको अनुसरण गर्ने देश प्रेमी हुँ ,र हजुरहरुको मनको साथी …मात्र साथी …. उही एउटा महान गीताको पंक्ति जस्तै “प्यारको प्यार हि रहने दो कोई नाम न दो ” आशा छ मेरो साथीहरुले एउटी देशको चिन्तित साथीको भावनालाई जस्ताको तस्तै बुझ्नु हुनेछ र मलाई कुनै पनि नाता भित्र नाबाधिएको मायाँ गरिरहनु हुनेछ भन्दै फेरी अर्को कोशेली लिएर आउने बाचा गर्दै आजलाई बिदा लिन कलम बन्द गर्छु !

हजुरहरुको चिन्तन,मनन गर्ने मन भित्र सबै भन्दा माथि रहन चाहने साथी मात्र साथी..

निशा खनाल अर्याल

राजविराज सप्तरी

हाल इजरायल

 

Comments

comments

सम्बन्धित शिर्षकहरु