दक्षिण कोरियाका नयाँ राष्ट्रपतिलाई बधाईको लहर

सोल, २८ बैशाख । दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मून जाए इनलाई विभिन्न देशका नेताहरुले बधाई दिनुभएको छ । जापान, चीनलगायतका देशका नेताहरुले उहाँलाई बधाई दिदै आफ्नो देशसँगको सम्बन्धमा थप सुधार हुने विश्वास व्यक्त गर्नुभएको छ । जापानका प्रधानमन्त्री सिन्जो आवेले मूनसँग २५ मिनेट फोनमा कुराकानी गर्नुभएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँका वरिष्ठ सञ्चार सचिवले जानकारी दिनु भएको छ । कुराकानीका क्रममा उहाँहरुले विगतमा दुई देशकाबीचमा भएका नराम्रा घटनाहरुलाई भुलेर नयाँ तरिकाले सहकार्य र परिवक्व संवन्ध बनाउने बारेमा छलफल गर्नुभएको छ ।

त्यसैगरी चीनका राष्ट्रपति सि जिनपिङले पनि मूनलाई बिहीबार फोनगरी बधाई दिनुभएको चिनियाँ अधिकारीहरुले जनाएका छन् । दुई देशको कुटनीतिक संवन्धस्थापना भएको २५ बर्ष भएको र यसअवधिमा उल्लेख्य उपलब्धिहरु पनि भएको सिले बताउनु भएको छ ।

नवनिर्वाचित राष्ट्रपति मूनलाई अन्य देशका नेताहरुले पनि टेलिफोनमार्फत् बधाई दिने क्रम चलिरहेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । रासस-सिन्ह्वा

Comments

comments

सम्बन्धित शिर्षकहरु