हिमालयन बैंकले १ अर्ब ५३ करोड नाफा कमायो

काठमाडौं,बैशाख २५ – चालु आर्थिक वर्षको तेस्रो त्रैमाशसम्ममा हिमालयन बैंकले नाफा झण्डै २३ करोड रुपैयाँ कमाएको छ ।चालु आवको चैतसम्म बैंकले १ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा गरेका हो । बैंकले आज चालु आवको ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरी नाफा, निक्षेप परिचालन र कर्जा लगानीको अवस्था राम्रो रहेको बताएको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ३१ करोड रुपैयाँ मात्र नाफा गरेको थियो । समीक्षा अवधिमा बैंकले ९२ अर्ब ८९ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप ८० अर्ब ८७ करोड रुपैयाँ थियो । एक वर्षको अवधिमा बैंकको निक्षेप १२ अर्ब रुपैयाँ बढेको जानकारी दिएको छ । चैतसम्म बैंकले ७८ अर्ब ८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ६५ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । कर्जा लगानी झण्डै १३ अर्ब रुपैयाँ बढेको छ ।

बैंकको खराव कर्जा ०.९९, कोष लागत ३.२५, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.९० प्रतिशत छ । सीडी रेसियो हेर्दा बैंकलाई थप कर्जा लगानी गर्न पुँजीको कमी देखिएको छ । कर्जा र निक्षेपबीच ब्याज अन्तर (स्प्रेड) दर ४.५७ प्रतिशत रहेको जनाएको छ । प्रतिसयेर आम्दानी ३१ रुपैयाँ ५३ पैसा छ । समीक्षा अवधिमा बैंकको चुक्तापुँजी ६ अर्ब ६१ करोड रुपैयाँ छ । आउदो असारसम्म बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउदै छ ।

19 total views, 4 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु