भूकम्प पीडितहरुको जीवनस्तर सुधार्न कोष र प्राधिकरणबीच संझौता

वैशाख २५ ।काठमाडौँ,भूकम्प पीडितहरुको जीवनस्तर सुधार्नको लागि गरिबी निवारण कोष र राष्ट्रिय पुनर्निमाण प्राधिकरणले सम्झौता गरेर अघि बढ्ने भएको छ ।

कोष र प्राधिकरणबीच भूकम्प प्रभाबित १४ जिल्लामा जीविकोपार्जन, उत्थान र लघुउद्यम विकास कार्यक्रमको नमुना र कार्यान्वयनमा सहकार्य हुनेछ ।
भुकम्प प्रभावित १४ जिल्लामा जीविकोपार्जन, जीवनस्तर सुधार तथा उद्यम विकासजस्ता गतिविधिमा सहयोगको लागि सम्झौता भएको छ ।

सम्झौताले १४ जिल्लामा हुने कार्यक्रम तथा गतिविधिमा गरिबी निवारण तथा पुनर्निमाणका मुद्धामा सकारात्मक नतिजा आउने कोषका कार्यकारी निर्देशक नहकुल केसीले जानकारी दिनु भयो ।
प्राधिकरणले कोष तथा कोषका लक्षित समुदायहरुलाई जीविकोपार्जन र लघु उद्यम विकासका कार्यक्रम कार्यान्वयन गर्न क्षमता अभिबृद्धिका लागि आर्थिक तथा प्राविधिक सहायता र तालिममा सहजीकरण गर्नेछ ।
साथै प्राधिकरणले कोषलाई ती कार्यक्रम संचलनका लागी आवश्यक आर्थिक सहायता जुटाउने भएको छ ।
सम्झौता अनुसार १४ जिल्लामा कोषले प्राधिकरणको जिल्ला समन्वय समितिसँग काम गर्नेछ ।

12 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु