सबै स्थानीय तहमा पाँच करोडको खानेपानी

काठमाडौं, २२ वैशाख– प्रत्येक स्थानीय तहमा सरकारले कम्तीमा पाँच करोड रुपैयाँ बराबरको खानेपानी योजना लैजाने गरी कार्यक्रम बनाएको छ । खानेपानीबाट समस्यामा रहेका जनतालाई यस योजनाले राहत दिन तथा खुद्रे योजना नियन्त्रण गर्नका लागि समेत यो प्रभावकारी हुने खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ ।
यसैबीच मन्त्री जीवनबहादुर शाहीले जनताले खानेपानी समस्या नभोगुन भनेर प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोड रुपैयाँ बराबरको खानेपानी योजना लैजाने गरी गृहकार्य गरिरहेको बताए । यसका लागि सरकारलाई ३७ अर्ब २० करोड रुपैयाँ आवश्यक पर्छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु