सबै गापा र नपामा एमालेका उम्मेदवार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नुवाकोट। स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले जिल्लाका १२ वटै स्थानीय तहमा आज उम्मेदवार चयन गरेको छ ।

मनोनयनको अघिल्लो दिन स्थानीय तहका प्रमुख तथा उपप्रमुख र वडाध्यक्ष तथा सदस्यको उम्मेदवारीको अन्तिम किनारा लगाइएको हो । एमालेले सदरमुकाम विदुर रहेको विदुर नगरपालिका प्रमुखमा सन्जु पण्डित र उपप्रमुखमा गीता दाहाल तथा नयाँ नगरपालिका बेलकोटगढी प्रमुखमा राजेन्द्ररमण खनाल र उपप्रमुखमा रुपा सापकोटालाई चयन गरेको छ ।

किस्पाङ गाउंँपालिका अध्यक्षमा वीरबल तामाङ र उपाध्यक्षमा श्रीमाया लामा, शिवपुरी अध्यक्षमा पदम उप्रेती र उपाध्यक्षमा मङ्गलमाया थापा प्रजापति, सूर्यगढी अध्यक्षमा विन्दा ढुङ्गाना र उपाध्यक्षमा घकुमार लामा, लिखु अध्यक्षमा सुमन पाठक र उपाध्यक्षमा सन्जिता राई, ककनी अध्यक्षमा जितबहादुर बलामी र उपाध्यक्षमा ललिता तामाङ, तारकेश्वर अध्यक्षमा रमेश वस्ती र उपाध्यक्षमा तारा अधिकारीलाई उम्मेदवार चयन गरिएको एमाले उपसचिव विष्णु लोहनीले जानकारी दिए ।

यस्तै तादी गाउँपालिका अध्यक्षमा केपी लामिछाने र उपाध्यक्षमा ईश्वरी तामाङ, मेघाङ अध्यक्षमा मेघनाथ तामाङ र उपाध्यक्षमा विन्दुमाया तामाङ, पञ्चकन्या अध्यक्षमा लेखप्रसाद बोहरा र उपाध्यक्षमा मनिका थापा तथा दुप्चेश्वर अध्यक्षमा सुरज शेर्पा र उपाध्यक्षमा लक्ष्मी तामाङ उम्मेदवार हुने पक्का भएको छ ।

नुवाकोटमा एमालेले पूरै र नेकपा माओवादी केन्द्रले केही गापा र नपामा उम्मेदवार तोके पनि सबैमा तोक्न सकेको छैन । नेपाली कांँग्रेसले पनि जिल्लाका १२ वटै स्थानीय तहको उम्मेदवार सोमबार साँझसम्म तोक्न सकेको छैन । राप्रपा र नयाँ शक्ति नेपालले पनि सबै नपा र गापामा उम्मेदवार तोक्न सकेका छैनन् ।

32 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु