महिलाको जलेर मृत्यु

दाङ, १८ वैशाख – दाङको दूधरासमा एउटा घरमा आगो लाग्दा एकजना महिलाको जलेर मृत्यु भएको छ ।तुलसीपुर उपमहानगरपालिका–१८ दूधरासको मनिकापुरस्थित बुद्धिबल गुरुङको घरमा आगो लाग्दा उनकी ६५ वर्षीया श्रीमती दिलमाया गुरुङको जलेर मृत्यु भएको दाङका प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले जानकारी दिनुभएको छ ।

प्रहरीका अनुसार एकाएक घरमा आगो लागेपछि घरभित्र रहेकी दिलमाया गुरुङभित्रै थुनिएकाले उनको जलेर मृत्यु भएको हो ।आज बिहान १० बजेतिर खाना पकाउँदै गर्दा ग्यास सिलिन्डर चुहावट भएकाले त्यसैबाट घरमा आगो लागेको स्थानीय विवेक वलीले जानकारी दिनुभयो । वलीका अनुसार ग्यासमा आगो सल्किएपछि घरभित्र कोही प्रवेश गर्न सक्ने अवस्था रहेन र उनको त्यही जलेर मृत्यु भएको हो । आगोले घरभित्रका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जानएको छ । रासस

Comments

comments

सम्बन्धित शिर्षकहरु