शान्ति भूमिको सन्देश फिजाउँदै आचार्य शर्मा

पानीका हरेक थोपा आँफैंमा एक समुद्र हुन् । हरेक थोपामा विशाल महासागर बन्ने कारक तत्व लुकेको हुन्छ । साना कुराहरू जब विशाल उद्देश्यका साथ लगातार गरिन्छ तब यसले महान नतिजा ल्याउँछ । एउटा विशाल महलको तुलनामा र एउटा विशाल फलामे ढोकाको दाँजोमा एउटा साँचो फुच्चे र कमजोर देखिन्छ । तर त्यहि फुच्चे साँचो ले विशाल महललाई खोली दिन सक्ने क्षमता राख्छ ।
नेपाल आकारमा सानो छ तर यसभित्र विश्वमानव समुदायलाई दिनसक्ने थुप्रै मुल्य र मान्यताहरू लुकेका छन्, शान्तिका सन्देशहरू छन् । विश्वमानव समुदायको शान्ति र खुसी र स्वास्थ्यका लागि अहिले एक नेपालीद्वारा सन्चालित “आर्ट अफ ह्यापिनेस्स एण्ड मोटिभेसनल क्याम्पेन ” ले विश्वका हजारौं हजार मानव समुदाय लाभान्वित बन्दै गैरहेका छन्।

जुन अभियान अन्तर्गत, तनाव व्यवस्थापनका वैज्ञानिक सूत्रहरूको सामुहिक अभ्यास, बहु आयमिक योग, ध्यान र हांस्य चिकित्साको प्रयोग उत्प्रेरणाका प्रवचनहरूको विभिन्न भाषामा प्रवाह समेटिने गरेका छन् सकारात्मक सोच अभियन्ता तथा उत्प्रेरक योग गुरु आचार्य राजन शर्मा अद्द्यात्मिक नाम(भीमसेन सापकोटा ) ले हालै यो अभियान लाई २ हप्ता भित्रैमा छ वटा देशमा सफलापूर्वक सम्पन्न गरेका छन् ।
कार्यक्रम १३ अप्रिल देखि २६ अप्रिल सम्म सन्चालन भएको थियो । आयोजक संस्था विश्व शान्ति तथा अद्द्यात्म विज्ञान समाज तथा विश्व शान्ति परिषदका अनुसार सिङ्गापूर , वेलायत ईटाली, अस्ट्रिया ,क्रोएसिया ,स्लोभानिया लगायतका देशका बहुसामुदायिक समुदाय, विभिन्न विश्वविद्यालयका बिद्यार्थी तथा शान्ति र अध्यात्मप्रेमि समुदायले यो अभियान बाट लाभ उठाएका छन्।

विभिन्न शिविरमा हजारौं हजार समुदाय लाभान्वित बनेको सो अभियान अन्तर्गत सिङ्गापूरमा, सिङगापूर नेपाली समुदाय, सिङ्गापूर भारतीय समुदाय, वेलायतमा ग्रेटर रिडिङ्ग नेपाली समिती , अस्ट्रियाको भियाना र क्रोएसियाको रेईकामा “द योगा इन डेल्ली लाईफ” इटालीको भेनिस र स्लोभेनिया सिओभेन्जी मा यस्ता कार्यक्रमको आयोजना भएको जनाईएको छ ।
नेपाल र नेपालीको पहिचान सहित जीवनमा प्राकृतिक भोजन को महत्व , योग का विभिन्न सुत्रहरू , खुशी रहनका लागि आवश्यक दीनचर्या का बारेमा प्रयोगात्मक अभ्यास गरिएको थियो ।
सिङ्गापुरको कार्यक्र्मा नयाँंवर्षको आसपास परेकाले सकारात्मक दिनचर्या बाट नयाँ साल शुरु गर्न पाएको आफुहरू आचार्य राजन शर्मा प्रति आभारि बनेको समुदायका सभापति विश्व प्रकाश गिरीको अनुभव छ । यसो त सुमन खराल र सुदिप बानियां ले जीवनलाई सन्तुलन प्रदान गर्ने योग आसन अभ्यास गर्दा आफुहरू कुनै गुरुकुल आश्रममा पुगेको अनुभव साटेका थिए ।

बेलायतका वरिष्ठ नेपाली अनुसन्धानकार्ता डा कृष्ण अधिकारी र ग्रेटर रिडिङ्ग नेपाली समितीका अध्यक्ष कृष्ण न्यौपानेको प्रतिकृया मा “शिविरमा भाग लिनेहरूले नसोचेको आरोग्यता हांसिल गरे अब यस्ता गतिविधि हामी पुन सन्चालन गर्ने छौ ,युवा देखि जेष्ठ नागरिक सम्मलाई आत्मरन्जन भएको सो कार्यक्रम अब बेलायतमा मात्रा हैन संसारभरनै पुग्नु पर्छ ।’”
यस्तै अस्ट्रिया, क्रोएसिया, स्लोभानिया र ईटालीमा हजारौं युरोपेली हरूले पूर्वीय दर्शनको आन्तरिक पक्षसँग साक्ष्यातकार गर्दै सकारात्मक जीवन परिवर्तनको अनुभव गरेको बताउंछन् ,विश्व शान्ति परिषदका कार्यक्रम संयोजक डा ओन्टिओ रेगा ।
जीवन दर्शन , सुखका सुत्रहरू वेद विज्ञान का विभिन्न पक्षको समिक्षा र अभ्यास कार्यक्र्मका विशेषत थिए । आचार्य राजन शर्माले यस अघि यस्ता कार्यक्रम अस्ट्रेलियाका विभिन्न शहर, भारत र फिजी मा समेटा सन्चालन गरेर विश्व समुदाय विच एक नेपाली बाट पनि शान्तिको तरङ्ग फैलन सक्छ भन्ने उदाहरण बनाएका थिए ।
कुशल उत्प्रेरक वक्ता , योग प्रशिक्षक, प्राध्यापक र कवि लगायत विभिन्न विशेषण बाट चिनिने आचार्यलाई फिजी सरकारले नेपाल फिजी गणतान्त्रिक सान्स्कृतिक राजादुत तथा संयुक्त राज्य संघ मातहतको गैर सरकारी संस्था विश्व शान्ति परिषदले विश्व शान्ति दुतको जिम्वेवारि समेत सुम्पिएको छ ।

आफु जाग्नु र जगाउनु नै आफ्नो जीवनको रङ्ग हो भन्ने आचार्य विश्व मानव समुदायलाई जोड्न योग रसकारात्मक विचार भन्दा मजबुत अरू केहि नहुनेबताउंनुहुन्छ । उत्प्रेरक विचारका लागि युट्युब च्यानल मा समेत लोकप्रिय आचार्यको विश्व समुदायमा उपस्थितीले नेपाली पहिचनाकै उचाइ बढेको भियाना विश्व विध्यालयका प्रोफेसर डा रोण्डा बेला को भनाइ छ ।
आचार्य राजन शर्माका केहि सकारात्मक उदाहरणहरू यदि तपांई पनि कतै दुख्नु भएको छ भने यी १० आनन्दका र सन्तुस्टिका सकारात्मक क्याप्सुल लिनुहोस्।
१–जब आपत पर्छ सम्झनु अग्नि परिक्षा हुंदै छ। स्कुलको परीक्षा जस्तो सजिलो हुदैन जिन्दगीको परीक्षा । घोकेर हैन सोचेर हल गर्नुपर्छ । २– दुस्ख भन्ने चिज सबैलाई पर्छ, तर जो दुस्खमा पनि मन सम्हालेर खुसि हुन खोज्छरसक्छ त्यो जिन्दगिमा कहिलै दुस्खि हुनु पर्दैन । ३–समय एउटा यस्तो इमान्दार बस्तु हो ,जो पर्खाउन लगाएर कहिल्यै धोका दिदैन । एकदिन अवश्य आउछ ।

४–जीवन पनि एक बगैंचा हो । कहिले शरद जस्तै फूल फुल्छ, कहिले वसन्त झै हरियाली हुन्छ, त कहिले शिशिर झै ओइलिन्छ अनि कहिले ग्रीष्म झै खडेरी को चपेटामा पर्छ। ५–खुसीको एउटा ढोका जब बन्द हुन्छ अर्को ढोका खुलेको हुन्छ तर अक्सर हामी बन्द ढोकातिर यति धेरै हेर्छौ कि खुलेको ढोकातिर हाम्रो आँखा कहिले जांदैन । धैर्य गर्नुहोस्, नयाँ ढोका भेटिने छ ।
६–आत्मियताको अंगालो मारेर अंगालो पछाडि छुरा घोप्नेहरूको पनि कमी छैन यहाँ ? तर पछाडिन कुरा काट्नेको स्थान पनि पछाडी नै छ, अगाडि आउने हिम्मत उनिहरूमा कहल्यै हुँदैन ।७–मृत्यु मानिस सँग जन्मेदेखी नै पाहुना लागेर बस्छ र उ आयुलाई पनि आफुसँगै लिएर मात्रै फर्कन्छ। उ सँगै बसुन्जेल बाँचिन्छ।जब फर्कन्छ, जीवन सकिन्छ। मृत्युमात्रै जीवनको अन्तिम सत्य हो, अरु सब भ्रम हुन्। बाँच्दा जतिसुकै शक्तिशाली छु भनेर घमण्ड गरेर अरुलाई तर्साएपनि स्वास र दिन सकिएपछी त्यो खोक्रो शरिरले केही गर्न सक्दैन । मृत्युको साश्वत सत्यलाई सदैव ख्याल गरौं ।

८– मिहिनेत सिढी जस्तै हुन्छ ‘अनी भाग्य लिफ्ट जस्तै । कुनै पनी समय लिफ्ट बन्द हुन सक्छ तर सिढी जहिले पनी खुल्ला हुन्छ र उचाई को तर्फ लैजान्छ । ९–समस्या जब जब आउंछ उ एक्लै आउँदैन लावा लस्कर सहित आउछ। जीवन एउटा पहाडको सडकमा मोटर चलाए जस्तै हो, अस्ट्रेलियाको चिल्ला सडकमा कार चलाए जस्तो मात्र जीवन होईन , त्यसैले यात्रा हो उतारचढाव त आईरहन्छ. . त्यसैले आराम सँग यात्रा गर्नुस . .गियर बदल्दै ,बदल्दै । १०– जे हुनु छ हुन्छ नै । भएका कुरामा पछुताएर रुनु छैन । बरु सिक्नु छ र जिउनु छ । जिन्दगीमा सकिन्छ भने केही राम्रो काम गरौं !! कम्तीमा ‘चार’ जना ‘मलामी’ चैं कमाउन सकियोस्, जसले आर्यघाट सम्म पुर्याई दुई थोपा आँसु झार्दिउन्। कोफिन र कात्रो खोजिदिने मान्छेको अभाव हुन नपावस्।
सत्य सन्तुष्टि र खुशी को लागि सधै सकारात्मक बनौं । सत्य सन्तुष्टि र खुशीको लागि सधै सकारात्मक बनौं ।

Comments

comments

सम्बन्धित शिर्षकहरु