जीवनको सच्चा प्रेम, एक अर्काको सहारा

बर्दिया, १७ वैशाख । ‘आमाबुबाको माया छोराछोरीमाथि, छोराछोरीको माया ढुङ्गामुढामाथि’ भने जस्तै रैछ साँच्चै जीवन । बुढेसकालमा छोराछोरीको सहाराभन्दा पनि एक अर्काको बूढाबूढी सहारा बनेर बर्र्दियामा जीवन निर्वाह गर्दै एक वृद्ध जोडी दैनिकी रुपमा मागेर गुजारा चलाउँदै आफ्नो जीवनका बाँकी पलहरु काटिरहेका छन् ।

एउटा शिशुको जीवन नौ महिनासम्म आमाको गर्भमा बसेर बाहिर आएपछि नौलो संसार देख्छ । अनि विस्तारै ऊ बढ्दै जान्छ । हरेक समयमा ऊ आफूलाई छुट्टै किसिमको देख्छ । त्यही मानिस जब आफूलाई आफ्नो जीवनसाथी सँगसँगै रहने गरी आफन्त आमाबाबा छोडी पर पुरुष, महिलासँग साइनो गाँस्न पुग्छ । यही सहारा जीवनभर उसको जीवन यात्री बन्छ । सँगै बाँच्ने अनिसँगै मर्ने कसम खाइ जोडिएको नाता पछिसम्म पनि प्रगाढ अनि प्रिय हुँदोरैछ ।

यस्तै एक जोडी छन् बर्दियामा, २०३२ सालमा स्याङ्जाबाट बसाइँ सरी बर्दिया आएका जोडीको दिनचर्या दिनहुँ अरुको घरमा गई मागेर खानुबाहेक कुनै उपाय नै छैन । बर्दिया गुलरिया नगरपालिकाको नजिकै भादा पुलपारिको टरुवा गाउँमा बस्दै आएको यो जोडीको बसोबास धेरैजसो बाहिर नै बसेर बित्ने गर्छ । ७७ वर्षीय कृष्णबहादुर परियार र करिब ६० वर्ष नाघेकी उनकी श्रीमती पुतली परियार एकाबिहानैदेखि गाउँ गाउँमा गई मागेर खाने गर्छन् । उनका एक छोरी छन् । तर उनलाई भारततिर काम गर्ने मानिसले बिहे गरेर लगेपछि अहिलेसम्म फर्केर आइनन् ।

“सहाराका रुपमा हामी नै छोैँ । एक अर्काको सहारा दिने तै पनि ऐले आँखा देख्दिन मैले हात समाती समाती डोराएर गाममा डुलाउँछु । म नि कान कम सुन्छु बाटोमा गाडी आउँदा गाह्रो हुन्छ । धेरै दुःख छ गारो छ बाबु हामीलाई दिन कटाउन बरु चाँडै कालले लगेर माथि जान पाए राम्रै हुन्थ्यो, कोही नहुनेको त माथि पनि कोही नहुने रैछ” – परियारले भने ।

जीवन यस्तै रैछ पहिले हाम्ले कति धेरे इष्ट कमाएका थियोैँ खान लाउन पुगेकै थियो कपडा सिलाएर नै । अब त बूढाबूढी भइएछ । उमेर ढल्किँदै गयो । काम गर्दै खान नसकिने भयो खाना पकाउन यसले आँखा देख्दिन मैले नै चाँजोपाँचो मिलाउँछु – कृष्णबहादुर परियारले फेरि कुरा थपे ।

असल जीवनसाथी हुनका लागि एउटा सहारा मात्र होइन जीवनभर उसलाई सँगसँगैको यात्रामा सहारा दिए सबै पुग्दोरहेछ । उहाँहरुको दैनिकजसो जीवन गाउँगाउँमा गई मागेर खानु अनि जहाँ रात पर्छ त्यहीँ रात बिताउनुबाहेक केही उपाय छैन । हामीलाई कसैले खान दिन्छन् । कसैले लाउन, कसैले मर्न नसकेका बूढाबूढी भनेर गालीसमेत गर्छन् क्यारम बाबु भन्छिन् कृष्णबहादुरकी श्रीमती पुतली ।

हामीलाई हाम्रो जीवन चलाउन त कति गाह्रो छ । बेकारको जीवन भन्छउँ भने यी दुवै वृद्धवृद्धाको जीवन झन कति गारो होला प्रश्न चिह्न यहाँनिर खडा हुन्छ । जुन संसार देख्ने आँखा छैन । बाहिरको उज्यालो कालो घाम पानी सबै अनुभव र बूढोले भनेपछि थाहा हुन्छ पुतली भन्छिन् । सोचे जस्तै जीवन हुन्न रैछ न त आफूले चाहेको जस्तै हुन्छ । कति बिजोग छ । यी दुवैको जीवन बस्नलाई न त गतिलो आफ्नो घर नै छ । पानी पर्दा चुहिन्छ । सानो झुपडी छ उनीहरु एकजना मात्र बिरामी भएर ढल्यो भने मुखमा पानीसमेत पर्दैन त्यसैले हामीहरु जहाँ जाँदा नि सँगै जान्छम् उनीहरुले भन्छन् ।
सरकारले दिने सेवा सुविधा अथवा सामाजिक सुरक्षा भत्ता कृष्णले पाउँछन् भने पुतली सुरक्षा भत्ता पाउनबाट पनि वञ्चित छिन् । पहिले नागरिकता बनाएको थिएँ हरायो उमेर पुगेको छैन भन्छन् वृद्ध भत्ता खान । बूढालेचाहिँ पाउँछन् त्यही पैसो मिलेको बेलामा चाहिँ टन्न माछा मासु लिएर खाने गर्छौं पुतलीले बताइन् ।

जीवनको सहारा एक अर्काका लागि हामी नै हौँ । के गर्ने बुढेसकालमा छोराछोरी भनेको नि यस्तै रैछ सन्तानको नाममा एउटी छोरी भएपनि नभए सरह छ । कहिले कता कहिले कता यसरी नै गुजारा चलाइरहेका छौँ । रासस

Comments

comments

सम्बन्धित शिर्षकहरु