लिग ‘लिडर’ चेल्सीलाई सात अंकको अग्रता, साउथ ह्याम्प्टन ४-२ ले पराजीत

बैशाख १५ । इङ्लिस प्रिमियर लिग ‘लिडर’ चेल्सीले सात अंकको अग्रता कायम गरेको छ । लिगअन्तर्गत गएराति घरेलु मैदानमा भएको खेलमा चेल्सीले साउथ ह्याम्प्टनलाई ४–२ ले हराएको हो ।

चेल्सीको जीतमा डिएगो कोस्टाले दुई तथा इडन हजार्ड र ग्यारी काहिलले एक–एक गोल गरे । साउथ ह्याम्प्टनका लागि ओरिओल रोमेउ र रायन बट्र्रेन्डले एक–एक गोल गरे ।

जितपछि चेल्सीको ३३ खेलबाट ७८ अंक भएको छ । चेल्सी दोस्रो स्थानको टोटनह्यामभन्दा सात अंकले अघि छ । तर, टोटनह्यामले एक खेल कम खेलेको छ ।

पराजित भएको साउथ ह्याम्प्टन ३२ खेलबाट ४० अंकसहित नवौं स्थानमा छ ।एजेन्सी ।

Comments

comments

सम्बन्धित शीर्षकहरु