निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने दलहरुको प्रतिबद्धता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वैशाख १५ ।नेपालगन्ज, बाँकेमा विभिन्न १३ वटा राजनीतिक दलहरुले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिवद्धता जाहेर गरेका छन ।

जिल्ला बाल कल्याण समितिले नेपालगन्जमा आयोजना गरेको ‘स्थानीय निकाय निर्वाचन र बाल अधिकार संरक्षण तथा प्रवद्र्धन’ विषयक छलफलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, राजमो, जनता दललगायत १३ दलका पदाधिकारी र प्रतिनिधिले राजनीतिक गतिविधि र स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका हुन ।

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिवद्धता जनाएपछि जिल्ला बाल कल्याण समिति तथा बालबालिकाका क्षेत्रमा कार्यरत सामाजिक संस्थाले त्यसको खुलेर प्रशंसा गरेका छन् ।

बाँके जिल्लाका राजनीतिक दल जस्तै अन्य जिल्लाका दलहरुले पनि यसको सिको गर्नुपर्ने र निर्वाचन एव्म दलका सबै खाले गतिविधिमा बालबालिकाको प्रयोगमा पूर्ण रुपमा रोक लगाउनुपर्नेमा पनि ती संस्थाले आग्रह गरेका छन् ।

प्रजिअ पन्थका अनुसार, निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहितामा निर्वाचनमा बालबालिकाको प्रयोग गर्न नपाइने एउटा बुँदाको आधारमा यहाँ अनुगमन समिति समेत गठन गरिएको छ । अनुगमन समितिमा केन्द्रिय बाल कल्याण समितिका एकजना प्रतिनिधिलाई पनि राखिएको छ ।
यसैबीच, नेपालगन्जस्थित क्षेत्रीय निर्वाचन कार्यालयले जारी गरेको तथ्याङ्क अनुसार, स्थानीय तह निर्वाचनका लागि बाँके जिल्लामा दुई लाख ४६ हजार ७८ मतदाताले मतदान गर्न पाउने भएका छन् ।

जिल्लाको एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिकामा कुल एक लाख २५ हजार ९३९ पुरुष र एक लाख २० हजार १४१ महिला र एकजना तेस्रो लिङ्गी मतदाता छन् ।

यहाँस्थित क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार, जिल्लाका कूल मतदातामध्ये पुरुष ५१ दशमलव १७ प्रतिशत र महिला ४८ दशमलव ४२ प्रतिशत छन् । दोस्रो संविधानसभा सदस्य निर्वाचनमा भन्दा ४४ हजार मतदाता यो निर्वाचनमा बढी छन् ।

74 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु