नेकपा (माओवादी केन्द्र)का उम्मेदवारको नाम सार्वजनिक गरियो

वैशाख १५ ।चितवन,स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) चितवनले आफ्ना उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

पार्टीले शुक्रबार यहाँ पत्रकार सम्मेलन गरेर स्थानीय तहको निर्वाचनमा चितवनबाट हुने उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।

भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दाहाल र उपप्रमुखमा सुरेन्द्र गुरुङलाई पार्टीले उम्मेदवार बनाएको छ । दाहाल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एव्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरी हुनुहुन्छ ।

यसैगरी रत्ननगर नगरपालिकाको प्रमुखमा पूर्णबहादुर अम्गाइ र उपप्रमुखमा सङ्गीता भट्टराई, खैरहनी नगरपालिकाको प्रमुखमा एकराज डल्लाकोटी र उपप्रमुखमा रेवती उप्रेती, राप्ती नगरपालिकाको प्रमुखमा रामचन्द्र पाठक र उपप्रमुखमा कल्पना लामा, माडी नगरपालिकाको प्रमुखमा ठाकुरप्रसाद ढकाल र उपप्रमुखमा सरिता महतो, कालिका नगरपालिकाको प्रमुखमा रामध्वज डल्लाकोटी र उपप्रमुखमा सविता लामालाई उम्मेदवार बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

त्यसैगरी जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको अध्यक्षमा प्रताप गुरुङ र उपाध्यक्षमासावित्री सिलवाललाई उम्मेदवार बनाएको छ ।

२० वर्षपछि आफ्नो गृहजिल्ला चितवन फर्कनु भएकी उम्मेदवार दाहालले चुनावको लागि मात्रै आफू चितवन नआएर अबको आफ्नो राजनीति चितवनबाटै गर्ने पनि उहाँले बताउनुभयो ।

प्रवेशिका परीक्षा दिँदा दिँदै जनयुद्धमा होमिएको भन्दै उहाँले १० वर्ष जनयुद्धमा होमिएको, पार्टीबाट काठमाडौँ जिल्ला सेक्रेटरीको भूमिका निर्वाह गरेको, अनेमसङ्घ क्रान्तिकारीको महासचिवको रुपमा रहेर नेतृत्व गरिरहेको, पोलिटब्यूरो सदस्यको रुपमा काम गरिरहेको, संविधानसभामा समानुपातिक सांसद भएर भूमिका खेलेको धारणा व्यक्त गर्नुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु