बलिउड अभिनेता विनोद खन्नाको निधन

काठमाडौं, १४ वैशाख–बलिउड चलचित्रका लोकप्रिय कलाकार विनोद खन्नाको ७० वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि गिरगाउँस्थित एचएन रिलायन्स फाउन्डेसन एन्ड रिसर्च सेन्टरमा खन्नाको क्यान्सर रोगको उपचार भइहरेको थियो । बिहीबार निधन भएका खन्नाको जन्म सन् १९४६ अक्टुबर ६ मा पेशावर हाल (पाकिस्तान) मा भएको थियो ।
अभिनेता तथा राजनीतिज्ञ खन्नाको परिवार १९४७ मा भारत र पाकिस्तान विभाजित भएपछि पेशावरबाट मुम्बई आएको थियो । किशनचन्द र कमला खन्नाका छोरा विनोदले कमर्श विषयमा सिद्धेहम कलेजबाट ग्राजुएसन गरेका थिए ।
उनी सन् १९६८ मा ‘मन का मीत’ चलचित्रबाट बलिउड प्रवेश गरेका थिए । सो चलचित्रमा खन्नालले खलनायकको भूमिका निर्वाह गरेका थिए । त्यसैगरी १९७१ मा ‘हम तुम’मा मुख्य अभिनेताको भूमिका पाउनुअघि उनले सहायक तथा नकारात्मक भूमिकामै अभिनय गरेका थिए । चलचित्र ‘परवरिश’बाट उनले चर्चा बलिउडमा चुलिएको थियो । उनी भारतीय जनता पार्टीका तर्फबाट सन् १९९७ र १९९९ मा उनी दुई पटक पन्जाबको गुरुदासपुर क्षेत्रबाट सांसद भएका थिए । सन् २००२ मा उनी भारतको केन्द्रीय संस्कृति र पर्यटन मन्त्री पनि भएका थिए । त्यसको छ महिनामै उनलाई विदेश मन्त्रालयको राज्यमन्त्रीको महत्वपूर्ण पदमा चयन गरिएको थियो ।
परवरिश, अमर अकबर एन्थोनी, हेराफेरी, मुकद्दरका सिकन्दर, इम्तिहान, मेरे अपने, लेकिन, दयावान आदिमा उनको दमदार अभिनय रहेको छ । उनले अभिनय गरेको चलचित्र ‘दिलवाले’ सन् २०१५ मा सार्वजनिक भएको थियो । एजेन्सी सहयोगमा

Comments

comments

सम्बन्धित शिर्षकहरु