दोस्रो संविधान संशोधनकोे विधेयक स्वीकृत, छलफलका लागि ३ दिन

काठमाडौं, १४ वैशाख– मधेशी दलसँग सहमतिका लागि गरिएको संविधान संशोधनको दोस्रो विधेयक सरकारले संसदमा पेश गरेको छ । बुधबार साँझ सुरु भएको संसद बैठकले विधेयक माथिको सैद्धान्तिक छलफलका लागि स्वीकृत गरेको हो । संसदमा सोमबार टेबल भएको सो संशोधन विधेयकलाई दुई दिनदेखि एमालेले अवरोध गर्दै आएपछि संसदमा पेश हुन सकेको थिएन ।
सरकारले ११ जिल्लामा स्थानीय तहको संख्या बढाउने गरी पठाएको परिपत्र फिर्ता लिने निर्णय सहमतिपछि अवरुद्ध संसद एमालेले खुला गरेको थियो । अवरुद्ध संसद खुलाउन सत्तापक्ष र प्रतिपक्ष बीच छलफल भएपनि बिहान ११ बजे बसेको बैठक एमालेले अवरोध गरेपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको थियो । संसद खुलाउनका लागि दलहरुबीच सहमति नभएपछि बैठक पुनः ५ बजेसम्म स्थगित गरिएको थियो ।

दलहरुबीच सहमति हुन नसकेपछि निर्धारित समयमा बैठक सुरु हुन सकेन् । सरकारले स्थानीय तह बढाउने परिपत्र फिर्ता लिएपछि राती पौने ९ बजे अवरुद्ध संसद सुरु भएको थियो ।
ढिलागरी सुरु भएको संसदमा सांसदको कोरम नपुगेपछि संविधान संशोधन विधेयक स्वीकृत गर्नका लागि राती १० बजे बैठक बसेको थियो । सो तेश्रो बैठकले संविधान संशोधन विधेयक स्वीकृत गरेको हो । दोस्रो संविधान संशोधन विधेयकमाथि संशोधन दर्ता गर्न तीन दिनको समय दिइएको छ ।

3 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु