प्रचण्डलाई मोदीको फोन

काठमाडौं, १३ वैशाख –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गर्दै स्थानीय तहको निर्वाचनमा सघाउने बताएका छन् । मंगलबार दिउँसो ४ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरी नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सफलताको शुभकामना दिएका हुन् । टेलिफोनमा समकक्षी मोदीले सबै राजनीतिक शक्तिलाई मिलाएर निर्वाचनमा जानु प्रधानमन्त्री प्रचण्डको सफलता भएको बताउँदै निर्वाचन सम्पन्न गर्न भारत सरकारको पूर्ण सहयोग र सद्भाव रहने बताएका हुन् ।
टेलिफोन वार्तामा प्रधानमन्त्री प्रचण्डले निर्वाचनमा सहयोग रहने भारतीय समकक्षी मोदीको भनाईका लागि धन्यवाद दिँदै नेपाल सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्ने जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

सम्बन्धित शिर्षकहरु