सम्वाद जारी राख्दै सहमतिमा पुग्ने पाँच दलको निर्णय

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १३ वैशाख–राजनीति पेचिलो बन्दै गइरहेका बेला प्रमुख पाँच राजनीतिक पार्टी नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) को बैठकले राजनीतिक सम्वादलाई जारी राख्दै सहमतिबाटै राजनीतिक समस्या हल गर्ने निर्णय गरेको छ ।

 
मंगलबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारद्धारा संसदमा प्रस्तुत संविधान संशोधन विद्येयक, सदनको सहज सञ्चालन, सरकारले घोषणा गरेको दोस्रो चरणको निर्वाचन र बजेटमा केन्द्रित भएर छलफल चलेको थियो ।
बैठकमा सत्ता पक्ष र प्रतिपक्षका नेताहरुले प्रधानमन्त्रीद्धारा प्रस्तुत एजेण्डामाथि आफ्ना धारणा राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।सो बैठकले राजनीतिक सम्वादलाई जारी राख्ने, दुईपक्षीय र बहुपक्षीय छलफललाई निरन्तरता दिँदै संविधान संशोधन, सदन सञ्चालन, दोस्रो चरणको निर्वाचन र बजेटबारे सहमतिमा पुग्ने र राजनीतिक दलहरु मिलेरै अगाडि बढ्ने निर्णय भएको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा,प्रकाशमान सिंह, एमाले अध्यक्ष केपी शर्मा ओली,झलनाथ खनाल,माओवादी केन्द्र नेता नारायणकाजी श्रेष्ठ,उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार लगायत पाँच दलका शीर्ष नेताको उपस्थित रहेको थियो ।

 
यसैबीच आज स्थानीय तह निर्वाचन तयारी, बजेट र व्यवस्थापिका संसदको अवरोधरहित सञ्चालनको विषयमा सहमति जुटाउन प्रमुख पाँच दलको बैठक बस्दैछ। मंगलबार साँझ पाँच दल बीच जारी संवादलाई निष्कर्षमा पु¥याउन बैठक बस्न लागेको हो ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले अवरुद्ध संसद् खुलाउने विषयमा सहमतिका लागि छलफल प्रारम्भ भएको बताए । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आजको बैठकले निष्कर्ष निकाल्ने सम्भावना रहेको बताए ।

110 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु