स्वास्थ्य क्षेत्रको सुधारको लागि पहल गरिरहेका छौ:प्र.म.प्रचण्ड

बैशाख ११ । काठमाण्डौ, प्रधानमन्त्री तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कूलपति पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले स्वास्थ्य क्षेत्रको सुधारको लागि धेरै प्रयास गरेको बताउनु भएको छ ।

सोमबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको आठौं बैठकमा बोल्दै प्रधानमन्त्रीले आफु लगायत स्वास्थ्य मन्त्रीले पनि स्वास्थ्य क्षेत्रमा धेरै प्रयास गरेको जानकारी दिनु भएको हो ।
मुलूकका सबै क्षेत्रमा सकारात्मक परिवर्तन गर्न र जनताको जीवनमा परिवर्तन ल्याउन आफ्नो सरकार लागिरहेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

उहाँले सबै क्षेत्रका जिम्वेवार व्यक्त्तिहरुलाई जवाफदेही भएर जनताको लागि काम गर्दै जान अनुरोध गर्नु भयो ।

सभामा बोल्दै स्वास्थ्य मन्त्री एवं प्रतिष्ठानका सहकूलपति गगनकुमार थापाले स्वास्थ्य मन्त्रालयले नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर आफुहरु लागिरहेको बताउनु भयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु