आचार्य राजन शर्माका उत्प्रेरणा र जीवन जिउनेकलाबाट लाभान्वित बने बेलायत बासिहरू

~धीरज प्रधान ,
असनेपालन्युज ।रेडर्स, बेलायत । शरीर र इन्द्रीयलाई मात्र हैन आत्मालाई पनि खुराक खुवाऔं । संसारको जुन कुनामा रहेर पनि तनाव रहित बनेर रहनु मानिसको नैसर्गिक अधिकार हो । कसैलाई प्रभाव पार्न, देखाउन र देखिन मात्र हैन आत्म सन्तुस्टीको काम गरौं हामि तनाव रहित हुने छौं । यस्तै सन्देशहरू विच योग विज्ञान, ध्यानकला , सकारात्मक उत्प्रेरणा र मनोचिकित्साका विभिन्न सुत्रहरूको प्रयोगात्मक अभ्यास गर्दै बेलायतमा एक भब्य “तनाव ब्यवस्थापन तथा उत्प्रेरक प्रवचन ” सम्पन्न भएको छ । उत्प्रेरक , सकारात्मक सोच अभियन्ता तथा योग गुरु आचार्य राजन शर्माले प्रस्तुत गर्नु भएको सो शिविरमा हांस्य चिकित्सा , मनोरोग निवारणका सुत्रहरू ,योगका विभिन्न आसनहरू , उत्प्रेरक कविताहरू , कुण्डलिनी ध्यान अभ्यास गरिरहंदा सहभागिहरू मन्त्र मुग्ध बनेका थिए । बेलायतको रिडर्स स्थित ग्रेटर रिडिन्ङ नेपाली कम्युनिटी असोसोसिएशनको मुख्य आयोजना तथा स्थानिय बासिन्दाको आयोजनामा जुरेको सो शिविर अत्यन्त प्रभावकारी बनेको र यसलाई निरन्तरताको लागि पहल गरिने आयोजक संस्थाका अध्यक्ष कृष्ण न्यौपाने ले सो अवसरमा बताउनु भयो ।
बाक्लो उपस्थितीका विच जमेको सो शिविर कहिले हांसोले गुन्जाय मान बन्यो त कहिले , तालिका गड्गडाहट त कहिले संम्वेदना ले भरिएर स्तब्ध बनेको थियो । अक्सफोर्ड विश्वविध्यालयका प्राज्ञहरू लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरूको सकृय शहभागीता रहेको सो अवसरमा विज्ञान र अध्यात्मविच समन्वयलाई व्यवस्थित गर्दै अगाडिलैजाने सूत्र प्रस्तुत गरिएको थियो । जीवनलाई भोग्ने हैन जस्तो पेरिस्थी आंउंछ अनुभव गर्ने हो भन्ने मुल मर्मका साथ भोजन शुद्दी , विचार शुद्दी र आत्म शुद्दीका मनोवैज्ञानिक कलालाई सो अवसरमा प्रस्तुत गरिएको थियो । सो अवसरमा बेलायत स्थित अक्स्फोर्ड विश्वविध्यालयका चर्चित अनुसन्धानकार्ता तथा ‘ब्रिटेन नेपाल अकेडेमीक काउन्सिलका ‘महासचिव डा कृष्ण अधिकारीले योग गुरु तथा उत्प्रेरक वक्त्ता आचार्य राजन शर्मा लाई स्वागत गर्दै नयाँं युगका सन्ततिहरूलाई सकारात्मक बनेर जीवन चलाऊन विश्वविध्यालयको शिक्षा सँगै यस्ता बहुउपयोगी कला उपयोगि हुने चर्चा गर्नु भयो । उहांले बहुआयामिक ब्यक्तित्व अचार्य राजन शर्मा (भीमसेन सापकोटा ) सँग साक्ष्यात्कार गर्न पांउनु बेलायत बासिको उपायोगि अवसर हो भन्दै अध्यात्मको सहि सिकाईले समाज तनाव रहित हुने बताउनु भयो ।
सकारात्मक कार्यक्रमका अभियन्ता आचार्य राजन शर्माले यस्तै “जीवन जीउने कला ‘ शिविर गत साता सिङ्गापूरमा सन्चालन गर्नु भएको थियो भने यसै साता युरोपियाली विदेशीहरू विच अस्ट्रियाको भियाना , क्रोसिया, ईटाली मा सन्चाल गर्दै हुनुन्हुन्छ । सो कार्यक्रमहरूलाई विश्व शान्ति परिषद,विश्व शान्ति तथा अध्यात्म- विज्ञान समाज, गैर आवसिय नेपाली सँघ तथा विभिन्न स्थानीय संघ संस्थाहरूले समन्वय र सहकार्य गरेका छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु