धुर्मुस सुन्तली फाउन्डेसनलाई दुई करोड

काठमाडौं । महोत्तरीस्थित बर्दिबासमा एकीकृत मुसहर बस्ती निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउन्डेसनलाई दुई करोड सहयोग प्राप्त भएको छ । वैशाख १ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्यका साथ अघि बढेको फाउन्डेसनलाई अमेरिकाको मिनेसोटा राज्यमा रहेको नेपालीहरूको संस्था एसोसिएसन अफ नेपली ईन मिनेसोटाले उक्त सहयोग हस्तान्तरण गरेको हो । अब बस्ती निर्माण गर्न कुनै समस्या नरहेको हास्य कलाकार सीताराम कट्टेलले जानकारी दिए । उक्त एसोसिएसनबाट नेपाल आएका एसोसिएसनका बोर्ड मेम्वर अनिल रायमाझी र स्विटी सिंह श्रेष्ठले निर्माण स्थलमै पुगेर फाउण्डेशनका अध्यक्ष धुर्मुसलाई सहयोग हस्तान्तरण गरेका हुन् । “९५ प्रतिशत काम पूरा भएको छ, १ गते नयाँ वर्षको दिन बस्ती हस्तान्तरण गर्न कुनै समस्या छैन,” उनले भने ।
धुर्मुस सुन्तलीको बस्ती निर्माणका लागि रकम अभाव भन्ने समाचार सुनेपछि आर्थिक काम नरोकियोस् भनेर सहयोग रकम फाउण्डेशनलाई प्रदान गरेको संस्थाले जनाएको छ ।
सहयोग रकम हस्तान्तरणका लागि बस्तीमा बनिरहेको घरको तारिफ गर्दै रायमाझिले साँच्चै नमुना र चामत्कारिक काम भएको बताए । “सबै नेपालीको यस्तै भावना भए मुलुक बन्न समय लाग्दैन र राम्रो काममा सबैले साथ दिनुपर्छ,” उनले भने ।

Comments

comments

सम्बन्धित शिर्षकहरु