दार्चुलाको अर्गानिक मह प्रशोधन गर्न अष्ट्रेलियाका राजदूतको सुझाव

काठमाडौं । अष्टे«लियाका राजदुत गिलेन ह्वाइटले नीतिगत सुधारका कारण नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको बताएका छन् ।
उद्योगमन्त्री नविन्द्रराज जोशीसँग आज उद्योग मन्त्रालयमा भएको भेटमा राजदूत ह्वाइटले पछिल्लो समयमा मन्त्रालयले गरेका सुधारका कारण वातावरण बन्दै गएको बताएका हुन् । उनले नेपालको विकास प्रयासमा अष्ट्रेलियाको महत्त्वपूर्ण योगदान रहने बताए ।
सो अवसरमा राजदुत ह्वाइटले नेपालको दार्चुलामा उत्पादन हुने अर्गानिक महको विश्वमा राम्रो बजार रहेको जानकारी दिदै उनले प्रशोधनका लागि काम सुरु गर्न उनले उद्योगमन्त्री जोशीलाई सुझाए ।
सो अवरमा मन्त्री जोशीले सरकारले लगानीमैत्री वातावरण बनाउन ऐन तथा नियम ल्याइसकेको र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
लगानी सम्मेलनमा भएको आशयपत्रलाई कार्यन्वयनमा ल्याउन विभिन्न समिति गठन गरेर अनुगमन थालेको उनले जानकारी दिए । उनले नेपाली उत्पादनलाई अष्ट्रेलियाको बजारमा सहज पँहुचको वातावरण बनाउन राजदूत ह्वाइटलाई आग्रह गरेका थिए ।

11 total views, 4 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु