मदन पुरस्कार विजेता प्रा. शर्माको उपस्थितिमा ब्रिसवेनमा साहित्यिक जमघट हुने

ब्रिसवेन, अष्ट्रेलिया। प्राज्ञिक एवं साहित्यिक व्यक्तित्वका धनि प्राध्यापक मोहनराज शर्मा ज्यूको उपस्थितिमा ब्रिसवेनमा यहि अप्रिल १ तारिखका दिन साहित्यिक जमघटको आयोजना हुने भएको छ। नव वर्ष २०७४को अवसरमा बैकुण्ठ एक्सप्रेस कृतिका लागि मदन पुरस्कारबाट सम्मानीत भइसक्नुभएका प्राज्ञिक शर्माज्यूको उपस्थितिमा कविता, गजल, मुक्तक वाचनका साथसाथै अन्तरक्रिया कार्यक्रम गरिने भएको छ।

यसका साथै हालैमात्र क्विन्सल्याण्डमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को शाखाको तदर्थ समितिको गठन भएकोमा यसलाई मुर्त रुप दिने र बढी भन्दा बढी साहित्य अनुरागीहरुको अनेसासमा सहभागिता सुनिश्चित गर्नका लागि छलफलको आयोजना गरिने भएको हो। सोहि अवसरमा अनेसास क्विन्सल्याण्ड शाखालाई औपचारिकता दिने बारेमा कार्यसमितिको गठन र प्रक्रियागत बिषयमा निर्णय गरिने छ ।

कार्यक्रममा नेपाली साहित्यमा रुची हुने सबैजनाको उपस्थितका लागि अनेसास तदर्थ समितिका अध्यक्ष केशव शर्माज्यूले आफ्ना नजिकका साहित्यमा अभिरुचि हुने साथीहरु समावेश गर्न आग्रह गर्नुभएको छ । यसै गरि ब्रिसबेन बाहिर रहेका साहित्य अनुरागीहरुले भीडीयो लिंक (प्रत्यक्ष अथवा रेकर्डेड) हेर्न मिल्ने व्यवस्था गरिएको छ ।

कार्यक्रम भाग लिन इक्छुक सबैले फेसबुक इभेन्ट मार्फत जानकारी गराउन सक्नुहुनेछ।

स्थान: ग्रेन्ज पुस्तकालय (79 Evelyn St, Grange QLD 4051)

Comments

comments

सम्बन्धित शिर्षकहरु