एडिलेडमा सुरु भयो नेपाल महोत्सव

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अस्ट्रेलिया । एनआरएन अष्ट्रेलियाको आयोजनामा साउथ अष्ट्रेलियाको एडिलेडमा नेपाल महोत्सव २०१७ यतिबेला भव्यतापूर्वक चलिरहेको छ । नेपाल महोत्सवमा यस पटक कुटुम्ब व्याण्डले नेपाली मौलिक गीत संगीत प्रस्तुत गर्दैछ भने अन्य कलाकारहरु पनि सहभागी हुँदैछन् ।

एडिलेडमा रहेका स्थानीय प्रतिभाहरुले पनि आफ्नो कला, संस्कृति र गीत, संगीत र नृत्य मात्र होइन साहित्यकारहरुले कविता, गजल सुनाएर पनि मनोरञ्जन दिइरहेका छन् ।

स्थानीय हिन्डमार्स स्क्वायरमा जारी नेपाल महोत्सवको सुरुवातमा विहान करिब एघार बजे परेड सम्पन्न भएको थियो । एडिलेडका मुख्य बजारको क्षेत्रबाट नेपाली पोशाकमा सजिएका, नेपाली र अष्ट्रेलियन झण्डा बोकेकाहरुको मार्चपास देख्दा स्थानीय बासिन्दा निकै रोमाञ्चित भएका थिए ।

एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं एडिलेडका संयोजक नविन कँडेलले अन्तरराज्यबाट आएका नेपालीहरु, स्थानीय नेपाली समूदायका साथै अष्ट्रेलियनहरुले पनि निकै सहयोग गरेको प्रतिक्रिया दिए । कार्यक्रममा एनआरएन आईसीसी अध्यक्ष शेष घले, क्षेत्रीय संयोजक महेन्द्र लम्साल, उपसंयोजक रमेश जोशी, एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलका साथै कार्यसमितिका पदाधिकारीहरु पनि उपस्थित भएका छन् ।

104 total views, 4 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु