नेपालद्वारा लन्डन आक्रमणको निन्दा

काठमाडौं । नेपालले लन्डन आक्रमणको निन्दा गरेको छ। पाँच जनाको ज्यान जानेगरी भएको सो आक्रमणको परराष्ट्रमन्त्री प्रकाशशरण महतले बेलायती विदेशमन्त्री बोरिस जोन्सनलाई सन्देश पठाउँदै निन्दा गरेका हुन्।

परराष्ट्रमन्त्री महतले सन्देशमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि पनि व्यक्त गरेका छन्।

बेलायती संसद भवनबाहिर बुधबार वेस्टमिनस्टर पुलमा एकजना व्यक्तिले पेटीमा हिँडिरहेका मानिसमाथि लगेर गाडी जोताउनुका साथै चक्कु प्रहार गरेका थिए।

आक्रमणपछि प्रहरीले सात जनालाई पक्राऊ गरेको जनाइएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु