असन्तुष्टिलाई सम्बोधन गर्न आग्रह

काठमाडौँ ३ चैत । डा बाबुराम भट्टराईले जनताका प्रतिनिधिमार्फत संविधान लेख्ने नेपाली जनताको माग एवम् चाहनालाई माओवादी जनयुद्धले नयाँ उचाइमा पु¥याएको बताएका छन् ।

इन्डिया फाउन्डेसनले भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरेको ‘प्रतिआतङ्कवाद सम्मेलन’मा ‘बन्दुकदेखि मतपत्रसम्म’ शीर्षकमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले जनताबाट निर्वाचित प्रतिनिधिबाट संविधानको निर्माण नेपालको माओवादी आन्दोलनको विशिष्टता रहेको र राजतन्त्रविरुद्धको लोकतान्त्रिक शक्तिको ‘बुलेटदेखि ब्यालेटसम्म’को अन्तिम लडाइँमा निर्णायक भूमिका निर्वाह गरेको बताए ।

पूर्वमाओवादी नेता डा भट्टराईले नेपालको राजनीतिमा जारी रहेको सङ्क्रमणकाल अन्त्यका लागि विगतका सबै सहयात्रीबीच सहकार्यको जरुरी रहेकामा पनि जोड दिनुभयो । संविधान निर्माणपछिको तत्कालीन परिदृश्यमा बदलिएको परिस्थितिमा नयाँ समस्याको सटिक र अर्थपूर्ण ढङ्गले समाधान गर्न सक्षम नयाँ राजनीतिक मार्गको रेखा कोर्ने गरी वैकल्पिक राजनीतिक शक्तिको निर्माणको पहल गरिएको स्पष्ट पार्दै उहाँले ‘बुलेटदेखि ब्यालेट’सम्म आउँदैमा हाम्रो समाजको लोकतान्त्रीकरणको कार्य समाप्त भइसकेको छैन भने ।

उनले माओवादीकै पहल कदमीमा राजतन्त्रका विरुद्ध तत्कालीन माओवादी र संसदीय दलबीच पूर्ण लोकतन्त्र प्राप्ति र राजतन्त्रको उन्मूलनका लागि साझा समझदारीको जग खडा गरिदिएको स्पष्ट गर्दै बुलेटबाट ब्यालेटमा रुपान्तरणको अर्को महत्वपूर्ण पक्ष नेपालको भारत र चीनजस्ता दुई छिमेकीका बीचमा रहेको संवेदनशील भूराजनीतिक अवस्थिति नै महत्वपूर्ण कारण रहेको बताए ।
माओवादी र गैरमाओवादीबीच भएको प्रतिबद्धता र समझदारी वा सम्झौताले दीर्घकालीन शान्ति प्रक्रिया र संविधान निर्माणको आधार निर्माण गरे पनि संविधान निर्माणपछि तराई–मधेसका जनता र आदिवासी जनजातिको असन्तुष्टिलाई सम्बोधन गर्नेतर्फ ध्यान दिनु पनि उत्तिकै जरुरी रहेको बताउनुभयो । आर्थिक–सामाजिक रुपान्तरणको जनताको राजनीतिक मागलाई पूरा गरिएन भने समाजको दिगो विकास र स्थायित्वतर्फको शान्तिपूर्ण सङ्क्रमण जोखिममा पर्न सक्ने खतरासमेत उनले औँल्याए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु