योग र शान्तिका पारखि महिलाहरूले ईतिहास रचे

सृजनाको मुहान जति संङ्लो हुन्छ , सभ्यताको नदी त्यति नै सङ्लीएर बग्छ ।
-रस्मि न्यौपाने , असनेपालन्युज सिड्नी ।
तीज हैन तर नारीहरूको खचाखच उपस्थिति। मन्दीर , मस्जीद र चर्च हैन, तर विश्व शान्ति र प्रार्थनाको ध्वनि। योग भुमि नेपालका नारीहरूको यस्तै जमघमघटले अस्ट्रेलियाको नेपाली समुदायमा आइतवार एउटा ईतिहास रच्यो । जहाँं वैदिक योग विज्ञानका आरोग्य , आत्म वोध र प्राकृतिक सुत्रहरूलाई एकै साथमा महिलाहरूले अभ्यास गरे । लाग्थ्यो यो कुनै आधुनिक ॠषि आश्रम हो या दिव्य उपचारको मुक्ति केन्द्र । ग्रानभिलको सर्वियन हल , गूड् स्ट्रिटमा निस्केको ॐ कारको दिव्य तरङ्ग, हांसोको फोहोरा र तालिका गडगडाहट को ध्वनिले आसपासमा प्रतिध्वनि गुन्जायमान बनाएको थियो । योगका विब्भिन्न उपचारक आसनले आफुलाई हौसला मात्र दिएन बरू योग प्रशिक्षको ओजस्वी बोलिले आफुलाई उत्प्रेरणा मिलेको गैर आवसिय नेपाली संघ विश्व परिषद कि प्रवक्त्ता रन्जु थापाको प्रतिकृया थियो ।
मन्च बाट योग गुरु तथा सकारात्मक उत्प्रेरणाका अभियन्ता आचार्य राजन शर्मा को प्रस्तुतीमा सयौं सहभागिहरू कहिले पेट मिची -मिची हांस्दै त कहिले , ध्यान र योगमा संवेदनशील बन्दै त कहिले हांस्य र उपचारक योगमा जुटिरहेको थियो । ‘ योग गुरु आचार्यको प्रतुतिले समय गएको पत्तै भएन, यस्तो कार्यक्रम हामी फेरि आयोजना गर्नी छौं , अब घर घरमा योग विस्तार गर्ने छौं ” आयोजक संस्था नारी निकुन्जको तर्फ बाट चर्चित फोटोग्राफर सुधीरा शाह बताईरहनु भएको थियो । एउटी नारीको खुसी परिवारका सबै सदस्यको साझा खुशी, र यसले शान्तिपूर्ण समाज बन्न सक्छ भन्ने सिद्दान्तलाई अपनाउंदै आयोजना गरिएको ” जीवन जीउने कला ” सम्बन्धी यो शिविरलाई एनआर एनए उमन फोरुम तथा नारी निकुन्जले अजमाएको थियो ।
यो योगमाय आरोग्य शिविरमा सङीतमय योग, हास्यं योग , कुण्डलिनी ध्यान , आत्म बोध नांच , योग निन्द्रा , हठ योगका महिला सँग सम्बन्धीत दिव्य आसनहरू , प्रणयाम ले सबैलाई आफुउ भित्रको आफु खोज्न सघाएको थियो । अन्तर्रास्ट्रिय नारी दिवसको उपलक्ष्यमा नारिको स्वास्थ्य र आत्मिक, मानसिक तनावको अन्त्यका लागि आयोजना गरेको यो कार्यक्रमले सबैलाई सिड्नीमा धेरै सन्ख्यामा नेपाली महिला भेला भएर योग गरिएको ईतिहास रचना भएको निकुन्जको तर्फ बाट श्रीजना सङ्रौलाले बताउनु भयो । उहांले नारीहरूले आफुलाई अब योग र अध्यात्मको लाभ बाट बन्चित गर्न नहुने र आफ्नै समुदायमा रहनु भएका योग गुरु को प्रतिभा बाट्र हामीहरू पनि नियमित रुपमा लाभान्वित हुनुपर्ने बताउनु भयो । यस्तै आफ्नो स्वास्थ्यलाई संधै अन्तिम प्रार्थमिकता दिने नारीहरूले अब आधुनिक विज्ञानका उपलब्धी सँगै मानसिक शान्ति दिलाउने योग , ध्यान को विध्यामा समेत आफुलाई सरीक गरुउनु पर्ने आयोजक का तर्फ बाट प्रतिज्ञा अधिकारीको अभिव्यक्ति ले सबैको मन छोएको थियो । सो अवसरमा नेपाली समुदायकि महिला योग शिक्षिका स्‍मृति वैध्यले समेत सबैलाई आसन सहजिकरणमा सघाउनु बहेको थियो । उहांले परिवर्तनका लागि सदैव तयार रहनु पर्ने कार्यक्रमको शुरुवतमा बताउनु भएको थियो । नारी निकुन्जले नेपाली महिलालाई योग प्रशिक्षकको तालिम लिनका लागि समेत योग आचार्य को समन्वयमा एक अभियान शुरु गर्ने बताईएको छ ।ब्यस्त सिड्नीको सो शिविरमा विभिन्न शहरका ३ सय भन्दा बढी महिलाहरूले लाभ लिनु भएको थियो । खाषगरि विदेशि समुदाय तथा विश्वका विभिन्न शहरमा सकारात्मक सोच र योगको शिविर सन्चालन गर्दै हिंड्नु भएका योग गुरु आचार्य राजन शर्माको नेपाली महिलाहरूको विच सिड्नीमा गरिएको शान्ति अभियानको यो पहिलो शुरुवाती पाईला हो । पुर्विय विज्ञान नारी वा समाजका सबैको पहुंच पुर्‍याउनु पर्छ भन्ने अभियानमा लाग्नु भएका शान्ति दुत योग गुरु आचार्यले गत साल मात्र ११ देशमा यस्ता शिविर सन्चालन गरेर विश्वलाई नेपाली योग तर्फ आकर्षण गराउनु भएको थियो ।Picture:Sudhira Saha

57 total views, 4 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु