आफुले सिकेको ज्ञान, सिप आफ्नै भूमीमा खन्याउनु पर्छ : खेम शर्मा।

महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया

 
प्रवासमा रहिरहंदा अझ बढी आफ्नै देश नेपालको माया लाग्छ। आफ्नै देशलाई माया गर्न न भूगोलले रोक्छ न छेक्छ नै । नेपाल बाहिर रहने युवा तन्नेरिहरु आफ्नै देश निर्माणको निम्ती प्रत्यक्ष वा अप्रत्यक्ष रुपमै एकजुट हुने हो भने हाम्रो देशको मुहार फेर्न धेरै समय नै लाग्दैन। देश बाहिर रहने कैंयन युवा तन्नेरिहरु आफुले सिकेको ज्ञान, सिप लिएर आफ्नै भूमी फर्कन चाहन्छन। ती युवाका ज्ञान र सिपलाई सहि सदुपयोग गर्न सकिए हामी अरु देशको मुख ताक्न जरुरी छैन।

 

देश बाहिर बाटै पनि आफ्नो देशलाई सेवा गर्न सकिन्छ भन्ने कुरा अष्ट्रेलियामा रहेका युवा खेम शर्माले पुष्टी गराएरै देखाएका छन। देश भित्रका विभिन्न कार्यलयहरु सार्वजनिक स्थलहरु संग संगै देशकै सबै ठाउंहरु नै सफा गर्न पाए देश कस्तो सुन्दर हुन्थ्यौ होला भन्ने कल्पना गर्ने युवा तन्नेरी खेम शर्माले नेपालको चितवन जिल्ला बाट सरसफाई अभियान चालेकाछन। उनि जस्तै थुप्रै युवाहरु प्रवासमा छन प्रवासबाटै आफ्नो देशकै निम्ती केहि गर्न चाहन्छन जस्तै खेम शर्माले गरे। चितवनको भरतपुर विमानस्थलमा एक वर्ष अघिदेखि नै सरसफाइ अभियान सुरु गरेका शर्मा अष्ट्रेलियाको खेम्स क्लिनिङका निर्देशक छन।
खेम्स क्लिनिङमा कार्यरत नेपाली मजदुरहरुले अष्ट्रेलियामा गरेको आफ्नो कमाइको केही प्रतिशत छुट्याएर भरतपुर विमानस्थलमा कार्यरत सफाइ मजदुरलाई पारिश्रमिकको व्यवस्था गरिएको खेम शर्मा बताउंछन।अहिले गरिएको सो अभियान चितवन जिल्ला प्रशासन कार्यालयसम्म पुगेको छ। काम कहिल्लै पनि ठूलो र सानो हुंदैन, विदेशमा आफुले सिकेको सिप आफ्नै देशमा खन्याउनु पर्छ र थुप्रै युवाहरुलाई आफ्नै देशमै स्वरोजगार बनाउनु हामी सबैको दायित्व पनि हो भन्छन युवा खेम शर्मा। शुरुवादी दिनहरुमा अति नै कष्टकर रहे पनि हामी यो अभियानमा ईमान्दार भएर लागि रह्यौँ र अहिले थूप्रै व्यक्तिहरुको समर्थन पाएका छौं उनले असनेपालन्युजलाई बताए।

राम्रो कार्यलाई सबैले सहयोग र समर्थन गर्नुपर्दछ उनी बताउंछन। यस्तै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष भवन भट्टले सरसफाइ अभियानमा पाँच लाख सहयोग गर्ने बताएका छन भने गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका कोषाध्यक्ष डिला खरेलले चितवन जिल्ला प्रशासन कार्यालयमा सरसफाइमा खट्ने मजदुरको आगामी एक वर्षको पारिश्रमिक दिने बताईएका छन। आफ्नै देश निर्माण हामीले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु