सत्ता पक्षले चुनाव चाहेन : नेता गौतम

बर्दिया, २७ माघ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सत्तामा रहेका दलले नै निर्वाचन नचाहेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल बर्दियाले आज गुलरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले सो कुरा बताएका छन् ।

अहिले सत्तामा रहेका दलको पछिल्लो क्रियाकलापले उनीहरुले नै निर्वाचन नचाहेको आरोप लगाउँदै गौतमले नेकपा एमाले चुनावमा जान तयारी अवस्थामा रहेको जानकारी गराए ।
उनले ५ नम्बर प्रदेश टुक्य्राउनुको कारण मधेसबादी दललाई खुसी पार्नका लागि गरिएको आरोप लगाउँदै गौतमले यो राष्ट्रहित विपरीत भएको टिप्पणी गरे ।

Comments

comments

सम्बन्धित शिर्षकहरु