सिड्नीमा “धुर्मुस–सुन्तली सांझ २०१७ ” भब्यताका साथ सम्पन्न

महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया

 

 

सिड्नीमा “धुर्मुस–सुन्तली सांझ २०१७ ” भब्यताका साथ सम्पन्न भएको छ। आफ्नो देश हामी आफै बनाउन सक्षम छौं र प्रवासमा रहने सबै नेपालीहरु एकजुट भई देश निर्माणमा लाग्नुपर्ने भन्दै कलाकारद्वय धुर्मुस सुन्तलीले प्रहशन प्रस्तुत गरे।

 

 

 

 

 

 

 

धुर्मुस–सुन्तली फाउन्डेसनको सहयोगार्थ सिड्नीमा गरिएको सो कार्यक्रमको नाम “धुर्मुस–सुन्तली सांझ २०१७ “राखिएको थियो भने सो कार्यक्रमलाई “गजवको ईभेन्टले”प्रस्तुत गरेको हो।हर्सभिलको मरना अडिटरियममा हिजो सनिबार सांझ ६ बजेबाट सुरुभएको सो कार्यक्रममा “द नेक्स्ट” नृत्य समुहले आकर्षक नृत्य प्रस्तुत गरेको थियो भने पपगायक भरत सिटौला, गायक गायीकाहरु संजीव पराजुली,समिर आचार्य,प्रदिप चापागांई,मोकसदा शिलवालले गायन प्रस्तुत गरेका थिए।

 

 

 

 

 

 

 

 

काभ्रेको पहरी बस्ती ,सिन्धुपाल्चोमा रहेको गिरानचौरको बस्ती निर्माण गरि स्थानीय भूकम्पपीडितलाई जिम्मा लगाईसकेका धुर्मुस सुन्तलीले अर्को तेश्रो ‘एकीकृत नमुना मुसहर बस्ती’ निर्माण कार्य सुरु गरेका छन । सो परोपकारीकार्यलाई सफलबनाउन सबै नेपालीहरुको सहयोग आवश्यक रहेको कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमीरे (सुन्तलि) ले बताए।

कलाकारद्वय धुर्मुस सुन्तलीले प्रहशन प्रस्तुत गरिरहंदा दर्शक दृगाबाट गड्गडाहक तालिबजेको थियो भने धुर्मुस सुन्तलीलाई मेरीबास्सैका हाँस्यकलाकार “बाङ्गे बुडा”ले साथ दिएका थिए। परोपकारी कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै प्रति आयोजकको तर्फबाट प्रदिप चापागाईंले धन्यबाद प्रकट गरेका  थिए।

Comments

comments

सम्बन्धित शिर्षकहरु