दोस्रो एक दिवसीयमा पाकिस्तान ६ विकेटले विजयी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । घरेलु टोली अष्ट्रेलियाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा पाकिस्तान विजयी भएको छ । मेलबर्नमा आइतबार भएको दोस्रो एक दिवसीयमा पाकिस्तानले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो ।
मेलबर्न क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको २२१ रनको लक्ष्य पाकिस्तानले ४७ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । जितसँगै पाकिस्तानले पाँच खेलको सिरिजमा १ – १ को बराबरी गर्न सफल भयो । दुई टोलीबीचको तेस्रो एक दिवसीय आगामी बिहीबार पर्थमा हुनेछ ।
अष्ट्रेलियाले दिएको लक्ष्य सहजै पुरा गर्ने क्रममा पाकिस्तानका मोहमद हाफिजले ७२ रन जोडे । त्यस्तै शोएब मल्लिकले अविजित ४२ तथा बाबर अजमले ३४ रन जोडे । अष्ट्रेलियाका जेम्स फल्कनरले र मिथेल स्टार्कले समान २ – २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले ४८ ओभर २ बलमा अलआउट हुदै २२० रनको योगफल तयार गरेको थियो । अष्ट्रेलियाको खातामा सम्मानजनक स्कोर खडा गर्ने क्रममा स्टेफेन स्मिथले ६० तथा म्याथ्यु वेडले ३५ रन बनाए । त्यस्तै टार्भिस हेडले २९ रन बनाउदा ग्लेन म्याक्सवेलले २३ रन जोडे । पाकिस्तानका मोहमद अमिरले ३ तथा इमाद वासिम र जुनेद खानले समान दुई दुई विकेट लिए ।

53 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु