भैरव पुरस्कारको घोषणा

काठमाडौँ । प्रसिद्ध हास्यव्यङ्ग्यकार स्व भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार चट्याङ मास्टर कृष्णमुरारी गौतमलाई प्रदान गरिने भएको छ ।

त्यसैगरी, भैरव पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरेको सभापतित्वमा सोमबार बसेको बैठकले भैरव प्रतिभा पुरस्कार पोखराका शेषराज भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रत्येक दुई वर्षको अन्तरालमा दिइने भैरव पुरस्कारको राशि रु ५० हजार तथा भैरव प्रतिभा पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

गुठीका सचिव वसन्त रिजालले गौतम तथा भट्टराईलाई २०७१–०७२ सालका लागि उत्कृष्ट हास्य व्यङ्ग्यकारका रुपमा पुरस्कृत गर्न लागिएको जानकारी दिनुभयो । अर्यालकै स्मृतिमा आयोजना गरिएको काठमाडौँ क्षेत्र नं २ र ३ स्तरीय माध्यामिक विद्यालयबीच हास्यव्यङ्ग्य प्रतियोगितामा विजयीको नाम पनि गुठीले घोषणा गरेको छ ।

सबै पुरस्कार यही पुस २९ गते एक कार्यक्रमबीच वितरण गरिने गुठीले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु