महिला साफ च्याम्पियनसिप : फाइनल प्रवेशका लागी नेपाल र भारत आज भिड्दै

काठमाडौँ । भारतमा जारी चौथो महिला साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा सोमबार नेपालले आयोजक भारतसँग प्रतिस्पर्धा गर्दै छ । सिलिगुडीस्थित कञ्चनजंगा स्टेडियममा नेपालले आयोजक भारतविरुद्ध नेपाली समयअनुसार दिउँसो सवा २ बजेपछि प्रतिस्पर्धा गर्ने छ । विजेता टोलीले फाइनलमा अर्को सेमिफाइनल टोलिहरू बंगलादेश र माल्दिभ्सबीचको बिजेतासँग खेल्नेछन् ।

महिला साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनल खेल्न मैदान ओर्लदा अघिल्ला सस्करणको भन्दा फरक हुनेछ । किनकि अघिल्ला तिन सस्करणका फाइनल प्रतिद्वन्द्वी नेपाल र भारत पहिलोपटक सेमिफाइनलमा भिड्न लागेका हुन् । महिला साफ च्याम्पियनसिप नेपाल र भारतले अहिलेसम्म सेमिफाइनलमा प्रतिस्पर्धा गरेको थिएनन् । यसअघिका तीनै सस्करणको फाइनलमा भारतले नेपाललाई पराजित गर्दै उपाधि जितेको छ ।

यस्तै नेपाल र भारत सेमिफाइनलमा खेलेपछि आगामी बुधबार हुने फाइनलमा बंगलादेश वा माल्दिभ्स मध्ये एकले फाइनल खेल्दै नयाँ इतिहास बनाउनेछन् । नेपाल र भारतबाहेक महिला साफ च्याम्पियनसिपमा अन्य राष्ट्र अहिलेसम्म फाइनल पुगेको छैन ।

प्रतियोगितामा नेपाल समुह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने भारत समुह ‘बी’ को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु