सिड्नीमा अध्यात्म शिविर ,आचार्य शर्मा लाई अभिनन्दन

महेश्वर शर्मा,
असनेपालन्युज ,सिड्नी ।

‘विश्व शान्ति परिषद’को प्राग विश्व शिखर   सम्मेलनले शान्ति राजदुतमा नियुक्त्त गरे पश्चात भीमसेन सापकोटा अध्यात्मिक जगतका (आचार्य राजन शर्मा )लाई सिड्नीको क्याम्सिमा  नेपाली समुदायले अभिनन्दन गरेको छ।संयुक्त रास्ट्र संघ अन्तर्गत अजेण्डा ७१ अन्तर्गतको सो विश्व शान्ति परिषद द्वारा आयोजित विश्व सम्मेलनमा एक नेपाली को प्रस्तुति तथा उपलब्धिलाई सर्हाना गर्दै उनिहरूले यसरि अभिन्नदन गरेका हुन्।क्यान्टुवरी नेपाली समाज र  पेन्हर्स्ट नेपाली समाजले आयोजना गरेको सो अवसरमा प्रेरणात्मक प्रवचन , ध्यान तथा रोग निवारणका हांस्य योग  प्रस्तुत गरिएको थियो ।अस्ट्रेलियाली समुदायमा  बढी समस्या देखिएको   पेटको दु:खाई , ढाडको उपचार , मानसिक रोगको उपचारमा सघाउने विभिन्न प्राकृतिक चिकित्सा सँग सम्बन्धित ध्यान को सो अवसरमा अभ्यास गरिएको थियो ।  कार्यक्रम  क्यान्टबरि नेपाली समुदायका अध्यक्ष भरत बस्नेत,कोषाध्यक्ष गणेश गौतम,नेपाली पेन्सस कमिटीका संयोजक शम्भु पोखरेल र साहित्यकार वेद कुमारी न्यौपानेले संयुक्त रुपमा उहांलाई अभिनन्दन गरेका हुन्।image

 

 

 

 

 

 

सो कार्यक्रममा नेपाल प्रेस काउन्सिलका पुर्व  सदस्य  तथा वरीष्ठ पत्रकार मन ॠषि धित्ताल ,साहित्यकार वेद कुमारी न्यौपाने,अध्यात्म र योगमा सदैव लागिरहने विदुर सापकोटा,जयनेपाल फाउन्डेसनका तर्फ बाट  बिष्णु सापकोटाले अद्यात्म र ध्यान विज्ञान मार्फत आजको युवापुस्तालाई विभिन्न वेचैनी बाट बचाएर शान्तिपूर्ण समाज को निर्माणमा साघाउ पुर्याउनु भएकोमा आचार्य शर्मा लाई बधाई दिंदै ज्ञान र सकारात्मक कुरा’ को’ बाट र किन! भनिरहनु  भन्दा जुन सुकै गुरु बाट पनि ज्ञान सिक्नमा  आफुलाई सदैव खुला राख्नु पर्ने बताउनु भयो ।

अनेसास एनएसडब्लुका महासचिव तथा असनेपालन्युज बाट महेश्वर शर्मा,क्यान्टबरि नेपाली समुदायका अध्यक्ष भरत बस्नेत,सदस्य गणेश गौतम,नेपाली पेन्सस कमिटीका संयोजक शम्भु पोखरेलले कार्यक्रममा सम्बोधन गर्दै आचार्य राजन शर्मालाई बधाई दिएका थिए।

नेपाल प्रेस  काउन्सिलका पुर्व  सदस्य  तथा वरीष्ठ पत्रकार मन ॠषि धित्तालले सधैं चाहेको प्रेरणात्मक र सकारात्मक उर्जाशिल  कार्यक्रममा भाग लिन पाएकोमा खुशी ब्यक्त गर्दै विश्व शान्ति सम्मेलनमा एक  नेपालीले गरेको  उपलब्धि सबैको उपल्स्ब्धि भएको भन्दै आचार्य राजन शर्माको प्रसंसा गर्नु भयो ।क्यान्टुवरि नेपाली समुदायका अध्यक्ष भरत बस्नेत,कोषाध्यक्ष गणेश गौतम,नेपाली पेन्हर्स्ट कमिटीका संयोजक शम्भु पोखरेल र साहित्यकार वेद कुमारी न्यौपानेले समाजमा सकारात्मक सोच बढाउने यस्ता उर्जाशिल कार्यक्रम सदैव हुनुपर्ने बताउंदै योग विज्ञानले रोगको उपचार मात्रै नभएर नेपाली पूर्वीय संस्न्कृति र गौरवलाई  विश्वमा चिनाएको बताउनु भयो ।

अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज न्यु साउथ वेल्स का माहसचिव तथा असनेपालन्युजका तर्फ बाट बोल्दै महेश्वर शर्माले एक नेपाली ले नेपाललाई विश्व सामु चिनाउने पहल गरि प्रदर्शन गरेको प्रतिभा नेपाल र नेपालीकै लागि गौरवको विषय बनेको भन्दै आचार्य राजन शर्माले अस्ट्रेलिया र विश्वका बिभिन्न शहरमा गरेको सकारात्मक गतिविधिले हजारौं लाई लाभ दिलाएको बताउनु भयो ।

योग तथा अध्यात्म साधक विदुर प्रसाद  सापकोटाले आफ्नै समुदायमा भएको प्रतिभालाई चिनेर प्रेरणा दिने हो भने नेपालीले  विश्वलाई नै उदाहरणिय योगदान दिन सक्ने बताउंदै आफुले गुरु आचार्य राजन शर्माकै  प्रेरणा बाट जीवनलाई सकारात्मक र शान्तिको मार्गमा लागाएर लाभ लिन सकेको बताउंनु भयो ।  उहांले आचार्य शर्मा  शान्तिदुत  हुनुले समग्र समुदायकै शीर उंचो  भएको भन्दै  बधाई दिनु  भयो ।

सो कार्यक्रममा  गुरु आचार्य राजन शर्माले विभिन्न योग ध्यान तथा हांस्य योग समेत गराउनु भimageयो । साथै कार्यक्रममा बनभोज पनि गरिएको थियो।
सो कार्यक्रममा सम्बोधन गर्दै अध्यात्मिक गुरु आचार्य राजन शर्माले चेक रिपब्लिक ,प्रागमा संयुक्त्त राष्ट्र संघ मातहतको ‘विश्व शान्ति परिषदले दिएको सम्मान सम्पूर्ण नेपालीकै लागि रहेको बताउनु भयो।

संयुक्त्त राष्ट्र संघ को लक्ष्यपुरा गर्न गठित गैरसरकारी निकाय  को  आफु शान्ति राजदुत हुनु कुनै ठुलो कुरा नभए पनि नेपाल र नेपालीलाई अन्तर्रास्ट्रिय जगतले दिएको सम्मान भने गौरवको विषय भएको बताउनु भयो । आफु निमित्त मात्र भएको र पात्र जो भए पनि प्रतिनिधित्व भने नेपालको हुंदा यसले राष्ट्रियताको चिनारी विस्तारित भएको बताउनु  भयो ।

सो अवसरमा उहांले शान्त र स्वस्थ जीवन  अनि सकारात्मक बाटो नै आफु र अरुलाई खुशी बांड्ने बाटो हो भन्दै कार्यक्रमा उहांले नशा जन्य पदार्थ,तथा कुलत बाट बचि शाकाहार र शान्त जीवनका अध्यात्मिक  सुत्र बताउनु भएको थियो ।

imageimage

Comments

comments

सम्बन्धित शिर्षकहरु