सिरियाको अलेप्पोमा ८२ जनाको ज्यान गयो

काठमाडौं । सिरियाको अर्ध सरकारी बल अलेप्पो शहरमा प्रवेश गरेको छ । युएनलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार पूर्वी अलेप्पोका घरहरुमा सैनिक प्रवेश गरेर घटनास्थलमै ८२ जनाको ज्यान लिएको छ ।

युएनका मानवअधिकार हेर्ने अधिकृतले विश्वसनीय प्रमाणका आधारमा त्यहाँका चार क्षेत्रमा ८२ नागरिकको ज्यान गुमाएको बताए । ती प्रवक्ताले अलेप्पोमा मानवअधिकारको पूर्णरुपमा क्षतविक्षत गरेको बताए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु