संविधान संशोधन र निर्वाचनका विषयमा तीन दलबीच छलफल

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख तीन दलका शीर्ष नेताबीच संविधान संशोधन, निर्वाचनलगायत विषयमा सकारात्मक छलफल भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली र प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच राजनीतिक गतिरोध अन्त्यका विषयमा छलफल भएको हो ।

संविधान संशोधन, महाअभियोग प्रस्ताव, तिनै तहको निर्वाचन, निर्वाचन सम्बन्धि कानून, निर्वाचन क्षेत्र निर्धारण लगायतका राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
छिट्टै अर्को बैठक बसी विद्यमान राजनीतिक समस्याबारे समाधान खोज्ने सहमति भएको बैठकपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताए । संविधान संशोधन प्रस्ताव फिर्ता लिन लागिएको हो भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘अहिले फिर्ता हुँदैन ।’

एमाले अध्यक्ष ओलीले मुलुकलाई निर्वाचनतर्फ केन्द्रित गराउने र निर्वाचनसम्बन्धी कानुनको तर्जुमा लगायत विषयमा गम्भीर छलफल भएको प्रतिक्रिया दिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु