यी सूत्र याद गर्नुहोस् , तपाईं कहिल्यै दु:खी हुनु पर्दैन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मान्छेलाई हैन , मनलाई चिनौं
भीमसेन सापकोटा (आचार्य राजन शर्मा )

हार्दा-हार्दैको अनुभवले मानिसलाई जिताँउछ । हार नै जीतको एक हिस्सा हो । जसले पटक-पटक हार्छ उसले प्रत्येक हार बाट केही सिक्छ र एक दिन उत्कृष्ट बन्छ ।
आफ्नो उद्दारको लागि स्वयंमा निर्भर रहनुपर्दछ, अन्यमा होइन । हजारौं युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । हामी जे सोच्दछौ उँही बन्दछौ ।हर गल्ती र प्रगती मनबाटै हुन्छ । तर गल्ती नै सर्वस्व होइन अपितु गल्ती त्यसले मात्रै गर्छ, जसले नयाँ सिर्जनाका लागि आफैंलाई परीक्षणको भट्टीमा हाल्न तयार हुन्छ। त्यसैले तपाईंहरूले पनि आजैका दिनदेखि गल्ती गर्न सुरु गर्नुस्। जब गल्ती गरेको थाहा हुन्छ, त्यसलाई सच्याउनुस्। गल्ती जीवनको सबैभन्दा ठूलो शिक्षा हो। गल्ती प्रगतिको सूचक हो। गल्ती गर्नु कुनै गल्ती होइन। तर गल्ती देखि पाठ नसिक्नु गल्ती हाे । जिन्दगी परिवर्तन हुन वर्षौं लाग्ला तर सोच एक मिनेटमै परिवर्तन हुन सक्छ । तसर्थ सोच परिवर्तनका लगि अरू कोहि होइन तपाईं स्वयं जिम्वेवार बन्न सक्नु हुन्छ । र्सवदा सत्यमार्गमा हिड्ने व्यक्तिको बाहृय र भित्री दुवै उन्नतीको द्धार खुल्दछ ।
एकदिन यमराजले मर्ने मानिसको सूची देखाउंदै एउटा मानिसलाइ भने , “तिम्रो आज अन्तिम दिन हो” “यो सुचिमा तिम्रो नाम एक नम्बरमा छ ”
त्यो मानिस मृत्‍युको डरले आत्तियो र यमराजलाई भन्यो “के म यमराज संग बसेर १ कप चिया पिउन सक्छु ? यमराज ले भने : अबश्य !! मानिसले चियामा निद्राको ट्याबलेट मिलाएर यमराजलाई दियो !! यमराजले चिया पिएर गहिरो निद्रामा मस्त सुते, तेही मौका छोपेर त्यो मानिसले आफ्नो नाम मेटेर सूचिको अन्तिममा लगेर राख्यो ! । जब यमराजको निद्रा खुल्यो, मस्त निद्रा र चिया ले प्रफुल्ल भएर यमराजले भने ” तिमिले मलाइ चिया पिलाएर धेरै खुसि गर्यौ यो सुचि म अब अन्तिमबाट शुरु गर्छु ” कथाको सन्देश – भाग्यको खेल बदल्न तेती सजिलो छैन !! सकारात्मक शब्द यति शक्तिशाली हुन्छ कि दु:खाइको बखत कडा ‘दु:खाई नाशक “अौषधी जस्तै। सँसारमा सबै औषधी त किन्न पाईन्छ तर मनको दु:ख मेट्ने औषधी कुनै शहरमा पनि भेटिन्न। यहि औषधी नभेटेर अस्ट्रेलियाको एक धनी व्यक्ति जसको आफ्नै नीजि विमान थियो , उनले केही समय अघि आत्महत्य गरे आफ्नै अलिशान महलमा । महलले दु:खको मलम दिंदैन तर झुपडी र खुला आकाशको वास नै किन नहोस् उ सँग संसारलाई हेर्ने र बुझ्ने सकारात्मक दृष्‍टि छ भने हर दिन उसका लागि प्रकृतिको उपहार बन्छन्। मानिस उपलब्धीमा मातिन्न्छ र त्यसैले दु:ख तर्फ डोर्याउंछ । त्यसैले पाएर दुखि हुनु भन्दा जीवनलाई बुझ्दै गुमाउंदा पनि सुखि र आनन्दीत हुन सक्नु नै मिठो जीवन हो ।

यदि तपांई पनि कतै दुख्नु भएको छ भने यी १० आनन्दका र सन्तुस्टिका सकारात्मक क्याप्सुल लिनुहोस्।

-जब आपत पर्छ सम्झनु अग्नि परिक्षा हुंदै छ। स्कुलको परीक्षा जस्तो सजिलो हुदैन जिन्दगीको परीक्षा । घोकेर हैन सोचेर हल गर्नुपर्छ ।

– दु:ख भन्ने चिज सबैलाई पर्छ, तर जो दु:खमा पनि मन सम्हालेर खुसि हुन खोज्छ/सक्छ त्यो जिन्दगिमा कहिलै दु:खि हुनु पर्दैन ।

-समय एउटा यस्तो इमान्दार
बस्तु हो ,जो पर्खाउन लगाएर कहिल्यै धोका दिदैन । एकदिन अवश्य
आउछ ।

-जीवन पनि एक बगैंचा हो ।
कहिले शरद जस्तै फूल फुल्छ, कहिले वसन्त झै हरियाली हुन्छ, त
कहिले शिशिर झै ओइलिन्छ
अनि कहिले ग्रीष्म झै खडेरी को चपेटामा पर्छ।
५-खुशिको एउटा ढोका जब बन्द
हुन्छ अर्को ढोका खुलेको हुन्छ
तर अक्सर हामी बन्द ढोकातिर
यति धेरै हेर्छौ कि खुलेको ढोकातिर हाम्रो
आँखा कहिले जांदैन । धैर्य गर्नुहोस्, नयाँ ढोका भेटिने छ ।

-आत्मियताको अंगालो मारेर
अंगालो पछाडि छुरा घोप्नेहरूको पनि कमी छैन यहाँ ? तर पछाडिन कुरा काट्नेको स्थान पनि पछाडी नै छ, अगाडि आउने हिम्मत उनिहरूमा कहल्यै हुँदैन ।

७-मृत्यु मानिस सँग जन्मेदेखी नै पाहुना लागेर बस्छ र उ आयुलाई पनि आफुसँगै लिएर मात्रै फर्कन्छ। उ सँगै
बसुन्जेल बाँचिन्छ।जब फर्कन्छ, जीवन सकिन्छ। मृत्युमात्रै
जीवनको अन्तिम सत्य हो, अरु सब भ्रम हुन्। बाँच्दा जतिसुकै शक्तिशाली छु
भनेर घमण्ड गरेर अरुलाई
तर्साएपनि स्वास र दिन
सकिएपछी त्यो खोक्रो शरिरले
केही गर्न सक्दैन । मृत्‍युको साश्वत सत्यलाई सदैव ख्याल गरौं ।

८- मिहिनेत सिढी जस्तै
हुन्छ …अनी भाग्य लिफ्ट जस्तै ।
कुनै पनी समय लिफ्ट बन्द हुन सक्छ तर सिढी जहिले पनी खुल्ला हुन्छ र
उचाई को तर्फ लैजान्छ ।
९- समस्या जब जब आउंछ उ एक्लै आउँदैन लावा लस्कर
सहित आउछ। जीवन
एउटा पहाडको सडकमा मोटर चलाए जस्तै हो , अस्ट्रेलियाको चिल्ला सडकमा कार चलाए जस्तो मात्र जीवन होईन , त्यसैले यात्रा हो उतारचढाव त
आईरहन्छ. . त्यसैले
आरामसँग यात्रा गर्नुस . .गियर
बदल्दै ,बदल्दै ।

१०- जे हुनु छ, हुन्छ नै ।
भएका कुरामा पछुताएर रुनु छैन । बरु सिक्नु छ र जिउनु छ । जिन्दगीमा सकिन्छ भने केही राम्रो काम गरौं !!
कम्तीमा ‘चार’
जना ‘मलामी’ चैं कमाउन सकियोस्, जसले
आर्यघाट सम्म पुर्याई दुई थोपा आँसु
झार्दिउन्। कोफिन र कात्रो खोजिदिने मान्छेको अभाव हुन नपावस्।

सत्य सन्तुष्टि र खुशी को लागि सधै सकारात्मक बनौं । सत्य सन्तुष्टि र खुशी को लागि सधै सकारात्मक बनौं ।त्यसैले वेद वाक्य वोल्छ :
अकिञ्चनस्य दान्तस्य शान्तस्य समचेतसः।
मया सन्तुष्तमानसः सर्वाः सुखमया दिशाः॥
शान्त मनको अभ्यास कर्ता ,सन्तोषि र 13051597_591248257702186_2587107896732964085_nआफ्नो भन्दा अरूको लागि निस्वार्थ रहने मान्छे लाई दश दिशा बाट सुख प्राप्त हुन्छ । तपाईं अस्ट्रेलिया , नेपाल वा विश्वको जुन भुमिमा रहे पनि तपाईं तपाईंकै सकारात्मक भावको रहनुस् । अरूले देखाईदिने आफु होइन , आँफैले बन्न चाहेको आफु बन्ने प्रयास गर्नुहोस्। यसका लागि , शाकाहार भोजन , सुद्द सोच , यौगिक अभ्यास र असल सङ्गत तर्फ लागौं । खुसि लाई तपाईंंले खोज्नु पर्दैन , खुसि आँफै तपाईंलाई खोज्दै दैलोमा आइपुग्ने छ ।

 

(जब जीवन दुख्छ , तब उत्प्रेणाका शब्दहरू मलम बन्ने गर्छन्। शक्तिशाली शब्दहरू जब दमदार आवाजमा प्रेरणा बनेर निस्कन्छन्, तब यसले हामि भित्रको उत्साहको उर्जालाई आगो लगाईदिन्छ । यो लेख ‘नेपाली पत्र’ मार्फत २०१७ जुलाई सम्ममा जीवनलाई १७ हजार पटक शेयर गरिएको छ भने २ लाख भन्दा बढीले यसलाई स्पर्श गरीसकेका छन् http://www.nepalipatra.com/news/trend/happiness/12142 ,सकारात्मक सोचका अभियन्ता तथा पूर्वीय दर्शनका प्रचारक आचार्य राजन शर्मा , जसलाई भीमसेन सापकोटाको नामले समेत चिनिन्छ , उहां द्वारा सन्चालित ‘आर्ट अफ ह्यापिनेस ‘ सुख सुत्र र जीवन कला कार्यक्रम बाट नेपाली समुदाय मात्र हैन , बहुसन्ख्यक विदेशि दिनानुदिन लाभान्वित बन्दै गईरहेको छन्।१६ भन्दा बढी देशको २२ वटा शहरमा यी आवाजहरू तरङ्गित बनिसकेका छन् हजारौको मनको क्रान्ति बनेर । उहांका विभिन्न प्रेरणादायी उत्प्रेरक भीडियोहरूलाई यो लिङ्क दबाएर युट्युब मार्फत  लाभ लिन सकिने छ : )

https://www.youtube.com/watch?v=OEVftQQogjM&list=PLKxT07kVHDYE_EqBfW3sbDVRW6wnUZuBq

        http://ausnepalnews.com/2016/08/33606.html#.WXz6ONN95TY  

[email protected] https://www.facebook.com/Ausnepalnews/

683 total views, 4 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु