भूकम्प परी मृत्यु हुनेको सङ्ख्या सन्तानब्बे पुग्यो

इन्डोनेसिया २२ मङ्सिर । पश्चिमी इन्डोनेसियाको आचे प्रान्तमा बुधबार आएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ९७ पुगेको छ ।

प्रारम्भिक समाचारमा भनिएको सङ्ख्याभन्दा यो दोब्बर नै भएको एक सैनिक प्रमुखले जानकारी दिएका छन्।

छ दशमलव पाँच रिक्टर स्केल मापन गरिएको यस शक्तिशाली भूकम्पमा परी हालसम्म ९७ व्यक्तिको मृत्यु भएको र यो सङ्ख्या अझै बढ्न सक्ने आचे प्रान्तका सेना प्रमुख तताङ्ग सुलेमानले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

भूकम्प ६।५ रिक्टर स्केलको मापन गरिएको र भीषण क्षति भएको इन्डोनेसियाली अधिकारीहरूले जानकारी दिएका छन् ।

यस शक्तिशाली भूकम्पको कारण सयौँ घरलगायत आधारभूत संरचना ध्वस्त भएको साथै मृतकको सङ्यासमेत बढ्ने अनुमान गरिएको छ ।

earthquake1

यस भूकम्पबाट अत्यन्तै प्रभावित भएको आचे प्रान्तको पिडाइ जया जिल्लामा मानवीय र सम्पत्तिको ठूलो क्षति भएको र भत्किएका भवन भग्नावशेषमा दर्जनौँ व्यक्ति फसेको बताइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु