चेतन भगतका सफलताका ६ सूत्र

‘टु स्टेट्स’, ‘थ्री मिस्टेक इन माई लाइफ’, ‘फाइभ प्वाइन्ट समवन’, ‘वन इन्डियन गर्ल’ लगायत उपन्यासका सर्जक भारतीय आख्यानकार चेतन भगत करिअर काउन्सिलर पनि हुन् । बैंकको राम्रो जागिर छोडेर लेखनमा होमिएका भगत ‘द टाइम्स अफ इन्डिया’ र ‘दैनिक जागरण’ मा करिअर विकास, युवालगायत विषयमा नियमित स्तम्भ लेख्छन् । उनका विभिन्न लेखमा आधारित रहेर तयार गरिएको सफल हुने ६ टिप्सस्

१. लक्ष्य निर्धारित गर्नु (आफ्नो इच्छा के हो चुन्नुस्)

सबैभन्दा पहिला तपाईंको लक्ष्य के हो भन्ने पत्ता लगाउनुहोस् । तपाईं के बन्न वा गर्न चाहनुहुन्छ, के पाउन चाहनुहुन्छ भन्नेमा स्पष्ट हुनुहोस् । तपाईंको लक्ष्य अरू कसैले बताइदिँदैन, तपाईं आफैंले पत्ता लगाउने हो । पर्याप्त समय दिएर आफ्नो लक्ष्य छनोट गर्नुहोस् ।

२.समयसीमा तोक्नुहोस्

लक्ष्य प्राप्तिका लागि त्यसैमा एकोहोरो भएर लाग्नु जरुरी छ । तर समयसीमाबिना कुनै पनि लक्ष्य प्राप्त गर्न सकिँदैन । आफूले तय गरेको लक्ष्य पूरा गर्ने समयसीमा तोक्नुहोस् । त्यसका लागि गर्नुपर्ने ससाना कामको पनि समय निर्धारण गर्नुहोस् ।

३।लक्ष्य चुन्नुको कारणमा स्पष्ट हुनुहोस्

तपाईंले किन यही लक्ष्य रोजेको रु किन अरू नरोजेको रु तपाईंलाई यो मन पर्ने भएकाले मात्र रु तपाईंभित्रको ज्वाला खोज्नुस् । यो तपाईंको रुचिको क्षेत्र हो भने तपाईंभित्र जोस पनि भेट्नुहुनेछ । तपाईंले किन यो लक्ष्य रोजेको भन्ने स्पष्ट हुनुभयो भनेमात्र तपाईंको भविष्य सफल हुनेछ ।

४‍.सही समूह बनाउनुहोस्

लक्ष्य प्राप्तिका लागि साथी महत्वपूर्ण हुन्छन् तर असल साथीले मात्रै लक्ष्यसम्म पुग्न साथ दिन्छन् । सधैं उत्साह दिने सकारात्मक धारणा भएका साथी बनाउनुहोस् । उनीहरूसँग मात्रै काम गर्नुहोस् । सकारात्मक वातावरणमा मात्रै बाँच्नुहोस् । नकारात्मक धारणा भएका र आत्मविश्वास कमजोर बनाउने मानिसबाट सात कोस परै बस्नु बुद्धिमानी हुन्छ ।

५‍. कार्ययोजना बनाउनुहोस्

दह्रो कार्ययोजना नभईकन एक पाइला अगाडि बढ्ने हिम्मत पनि नगरेकै राम्रो किनभने जीवन तीन घन्टाको फिल्म होइन जो सधैं सुखद अन्त्यमा सकिन्छ । यो त तपाईंको जीवन हो । तपाईंको करिअर हो । त्यसैले यसका लागि तपाईंसँग विस्तृत कार्ययोजना हुनैपर्छ । कहिलेसम्म के गर्छु भन्ने योजना हुनैपर्छ ।

६.गल्ती भयो रु केही छैन, विश्राम लिनुहोस्

काम गर्दागर्दै गल्ती हुन्छ किनभने तपाईं मानिस हो, मेसिन होइन । गल्तीबाट निरास नहुनुहोस् । हरेक मानिसले गल्ती गर्छन् । गल्ती वा असफलतामा निरास हुनु शक्ति नष्ट गर्नु हो । शान्त हुनुहोस् । विश्राम लिनुहोस् । विश्रामले तनावमुक्त बनाउँछ । अनि फेरि काममा जुट्नुहोस् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु