परराष्ट्रमन्त्री महतको आज सिड्नीमा नेपाली समूदायसँग अन्तरक्रिया

अस्ट्रेलिया । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बिहीबार क्यानबेरामा आफ्नी समकक्षी जुलिया विशोपसँग भेपश्चात आज नेपाली समूदायसँग अन्तरक्रिया गर्दैछन् ।  नेपाल महोत्सवको पूर्वसन्ध्यामा आयोजित यस कार्यक्रममा सिड्नीवासी नेपालीहरुले परराष्ट्रमन्त्री डा. महतसँग आफ्ना जिज्ञासाहरु राख्न सक्नेछन् ।

डा. महतले अष्ट्रेलियामा रहेका नेपालीभाषी भुटानी शरणार्थीहरुको पुनस्र्थापना, नेपालले विनाशकारी भूकम्प पछि पुननिर्माणमा चालेका कदमहरु र प्राकृतिक विपत्तिपछिको नेपाली अनुभवका विषयमा पनि छलफल गरेका थिए ।
त्यस्तै क्यानबेरास्थित अष्ट्रेलियन संसदमा डा. महतले अवलोकन भ्रमण गरेका थिए। यसैगरी डा. महतले सिनेटमा विपक्षी नेतृ पेन्नी वोंग, लेबर पार्टीका केन्द्रीय अध्यक्ष मार्क बुटलर, राष्ट्रिय सुरक्षा छायाँमन्त्री मार्क ड्रियुस, छायाँ अर्थमन्त्री क्रिश बोवेन र सीमा सुरक्षा तथा अध्यागमन मन्त्री सेने न्यूमेनसँग शिष्टाचार भेट गरे । यी भेटमा पनि नेपाल र अष्ट्रेलियाबीचको सम्बन्धका साथै नेपालको विकासमा साझेदारीका विषयमा कुराकानी भएको उनको भनाइ छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु