गीतकार राम रुवालीको लेख्नु भएको नयां गीत “भमरा” छिट्टै बजारमा आउने।

महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया

अष्ट्रेलिया सिड्नीमा बस्दै आउनुभएका सामुदायिक गतिबिधीमा अग्रसर समाजसेवी, मिडिया कर्मी तथा गीतकार राम रुवालीले लेख्नुभएको नयां गीतको म्युजिक भिडीयो छिट्टै बजारमा आउने भएको छ।सो गीतलाई गायक तथा संगीतकार किरण भण्डारीले संगीत भरेका छन भने संगीत संयोजन पनि उनै भण्डारीले गरेका हुन।प्रवासमा रहेर पनि आफ्नो सांगितीक यात्रालाई निरन्तर अगाडी बडाईरहेका गायक बिकास उप्रेतीले सो गीतमा आवाज भरेका छन।

imageनेपालमा छायङ्कन गरिएको सो म्युजिक भिडियोको अहिले पोस्टप्रोड्क्सनको काम भईरहेको जनाईएको छ। पुष्प र नम्रताको अभिनय रहेको सो म्युजिक भिडीयोलाई मनोज बिष्टले निर्देशन गरेका छनभने सो भिडीयोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन। साथै सो म्युजिक भिडीयोलाई ज्ञानेद्र शर्माले छायाङ्क गरेका छन। असनेपालन्युज संग कुरा गर्दै गितकार राम रुवालीले नेपाली सांगितीक क्षेत्रमा उक्त गित पृथक साथै दर्शक स्रोताहरुले रुचाउनेमा आफु विशवस्त रहेको बताएका छन।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु