डोनाल्ड ट्रम्पका छोराछोरी पिताको प्रशासनमा नजाने

काठमाडौं । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका छोराछोरीहरूले आफ्नो पिताको प्रशासनमा सहभागी भएर काम नगर्ने बताएका छन् । उनीहरूले आफ्नो रियल एस्टेट व्यवसायमा ध्यान दिने बताएको पीटीआईले जनाएको छ ।
अमेरिकी टेलिभिजन सीबीएसको साक्षात्कार कार्यक्रम ‘सिक्स्टी मिनट्स’ मा बोल्दै ट्रम्पका छोरा एरिक तथा छोरी इभान्काले उनीहरूले न्यूयोर्कमै बसेर आफनो बुबाको रियल स्टेट व्यवसायमा ध्यान दिने स्पष्ट पारेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु