गायक ईश्वर पोखरेलले नयां गित “मैले जति माया तिमीले कहाँ गर्यौ र” को म्युजिक भिडीयो सार्बजनिक गरेका छन

महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया

नेपाली सांगीतिक यात्रामा निरन्तर अगाडी बढिरहेका गायक ईश्वर पोखरेलले नयां गित “मैले जति माया तिमीले कहाँ गर्यौ र” को म्युजिक भिडीयो सार्बजनिक गरेका छन।image

संचारकर्मी नरेश भट्टराइको शब्द रहेको सो गितमा हरि लम्सालले संगीत भरेका छन भने सो गितको म्युजिक भिडीयोलाई उत्सव दाहालले छायङ्कन गरेका हुन।साथै सो म्युजिक भिडीयोमा अर्जुन अधिकरीको निर्देशन र निशान घिमिरेको सम्पादन रहेको छ।सो म्युजिक भिडीयोमा अस्मा घिमिरे र जीवन भट्टराईको अभिनय रहेको छ।गायक ईश्वर पोखरेलको नयां गित  “मैले जति माया तिमीले कहाँ गर्यौ र” को म्युजिक भिडियो सार्वजनिक।

 

 

 

 

काली मोरी” “रातो रीबन ” साथै अर्को अत्यन्त मिठो गित “मैले झैँ मर्ने बारे सोँच्छेउ होला यदि म तिमी सँग भैन भने “जस्ता चर्चित गितहरूबाट दर्शक स्रोताहरूको मन जित्न सफल गायक ईश्वर पोखरेलले झन्डै १५ बर्षको लामो सांगीतिक यात्रामा दुई दर्जन भन्दा बढि गित गाईसकेका छन।

अष्ट्रेलियाको सिड्नीमा बस्दै आईरहेका गायक पोखरेलले दुई वटा एकल एल्बम निकाली सकेका छन।२००९ मा अष्ट्रेलिया आएका पोखरेल प्रवासमा रहेर पनि संगित क्षेत्रमा सक्रियरुपमा निरन्तर अगाडि बढिरहेका छन।अस्ट्रेलियामा बस्ने नेपाली कलाकारहरु संगै मिलेर सामुहिक रुपमै पोखरेलले केही समय अघि “उडान” नामको साँगीतिक एल्बम सर्वजनिक गरेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु